annapurna add

मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको छ।

kutpittएक मिनेट लामो भिडियोमा एक व्यत्तिले एक नेपाली सुरक्षा गार्डलाई लगातार कुटपीट गरेको देखिएको छ जुन भिडियो हाल भाईरल भएको छ ।

सो व्यक्तिले स्थानीय मले भाषामा बोलेको सुनिन्छ ।

मलेसियन ट्रेड यूनियन कँग्रेसका महासचिव जे सोलोमनले श्रमिकमाथि हुने यस्तो दुव्र्यवहार स्वीकार्य नभएको बताएका छन् । “यो दासता हो” उनले भनेका छन् “प्रहरीले यो घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्नुपर्दछ ।”

यसैबीच सो घटनाका विषयमा दूतावास मार्फत प्रहरीमा उजुरी गरिसकिएको र छानविन सुरु भएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

सो घटनाका विषयमा कुनै जानकारी भएमा दूतावासको इमेल ठेगाना This email address is being protected from spambots. You need JavaScript enabled to view it. वा हटलाइन नम्बर ०१६२४७२७७७ मा सम्पर्क गर्न समेत दूतावासले अपिल गरेको छ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर