annapurna add

balak die

अमेरिकामा १० वर्षीय नेपाली बालकको मृत्यु भएको छ । न्युयोर्कमा फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय श्रीजल पन्थीको मृत्यु भएको हो । उनकी आमा मिन पन्थी गम्भीर घाइते भएकी छिन् । घटनालगत्तै अस्पताल पुर्याइएका श्रीजलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

मिना छोरा श्रीजललाई स्कुल लैजान सडकमा निस्किएकी थिइन् । ट्रकले ठक्कर दिएपछि श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो ।

तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्

इरानको राजधानी तेहरानबाट उडेको युक्रेनी विमानका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको छ । बुधबार विहान इमाम खमेनी एयरपोर्टबाट उडेको विमान उडेको केही समयमै दुर्घटनामा परेको थियो ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य थिए । उडेको केही समयमा विमान दुर्घटनामा परेकाले केही यात्रु जिवित हुने आशा गरिएपनि सबै मृत भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । कोही पनि जिवित भेटिने सम्भावना नरहेको जनाइएको छ । युक्रेनको राजधानी किभका लागि विमान उडेको थियो । विमान एक घन्टा ढिलो गरी उडेको थियो ।

जल्दै खसेको बुझिएको छ । विमान दुर्घटनाको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर