1478958692 banner ad format

 
 

 अफैनाे देश छाेडेर बिदेशिएका नेपाली प्रवासी मजदुरले राेजगारदाता  मुलुकमा बिभिन्न समस्या भाेग्नु अब नाैलाे रहेन ।  याे क्म खाडि राष्ट्मा चरम रहे पनि अन्य मुलुकमा अपेक्षाकृत कम नै रहेकाे अनुमान गरिय पनि त्याे गलत साबित हुदै अाइरहेकाे छ ।

नेपालीकाे चरम अाकर्षण रहेकाे दक्षिण काेरियमा समेत नेपाली श्रमिकमाथी व्यापक भेदभाव भै रहेकाे बारे त्यहा कार्यरत नेपाली मजदुरहरूकाे संगठन MTUले बेलाबेलामा स्थानिय राेरगारदाता तथा नेपाल सरकारलार्इ जानकारी गराउदै अाएकाे छ ।

जि टू जी (EPS) कार्यक्रम मार्फत दक्षिण काेरियामा हाल सम्म करिब ४८ हजार नेपाली मजदुर राेजगारीकाे लागी त्यहा पुगेकाे अनुमान गरिन्छ। नेपाल सरकार तथा दक्षिण कारीयाली सरकार श्रमिक प्रती फिटिक्कै उत्तरदायी नरहेकाे यथार्थ बिभिन्न समयमा मिडियामा अाउने समाचारले पुष्टी गर्दछ ।

अाफ्नाे समस्या अफ्नाे देशका सरकार तथा राेजगारदाता देशकाे निकाय बिच राख्न तथा अाम श्रमिक बिच भाइचारा बृद्धीगर्न दक्षिण काेरियामा प्रवासी मजदुर संगठन (MTU)काे गठन गरिएकाे र यस्ले बिश्वब्यापी मान्यताका अाधारमा अाफ्ना गतिबिधी संभालन गर्दै अार्इरहेकाे कुरा संधका अध्यक्ष उदय राई बताउनुहुन्छ।

प्रवासी मजदुर संगठन, के गर्दैछ त काेरियामा ?

यसै सिलसिलामा काेरियामा रहेका प्रवासी मजदुरको हक अधिकार सुनिस्चित साथै समस्या समाधानको निमित्त Feb 19 मा एक कार्यक्मकाे अायाेजना गरेकाे छ । साे कार्यक्ममा  बिगतका गतिविधिको मुल्याकन र भाबी कार्ययोजनको बारेमा छलफल गर्ने साथै मजदुर कानुन, ,इपिएस नियमकानुन  र,प्रवासी मजदुरले भोगिरहेको समस्या साथै समाधानको बिषयमा ब्यापक छलफल चलाइने उल्लेख गरिएकाे छ।

प्रवासी मजदुर संगठन (MTU) ओसान शाखाको अायाेजनामा ख्यंगी ह्वासंगको फारानमा दिनको २ बजे हुन गैरहेकाे साे छलफल कार्यक्ममा शैक्षिक कार्यक्रम समेत रहेकाे छ। साे कार्यक्ममा सबै देशको प्रवासी मजदुरहरु उपस्थित भईदिनुहुन प्रवासी मजदुर संगठन (MTU) ओसान शाखाले हार्दिक अनुरोध गरेकाे छ।

१९ तारिक आइतबार, ख्यंगी ह्वासंग फरान (फारान फादा मार्ट छेउ ) समय : दिनको २ बजे  अायाेजना हुने साे कार्यक्ममा सहभगी हुन इच्छुक प्रवासी मजदुरहरूले उदय राई :०१०-५६७५ -२०११ मधुसुदन ओझा :०१०-३०४६ -२९८४ बिकाश बास्तोला :०१० -६४६१-३९३८ मा सम्पर्क गरि बिस्तृत जानकारी लिन सक्ने पनि संगठनद्वारा जारी बिग्यप्तीमा जनाइएकाे छ।

प्रकाशित मिति २०७३ माध २७

समाचारले यस्ताे यथार्थ बाेल्छ - कोरियामा इपियस पद्दतिबाट आएर काम गर्ने प्रवासी मजदुरको अवस्था दयानिय 

प्रकासित मिति

Loading...

 

yummyfood