Hidden
जापानमा ट्रकको ठक्करबाट गिरीको मृत्यु
जापानमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरी रहेका छन् । उनको जापानको सेन्दाइको मियागिनो वार्डमा ट्रकको ठक्करबाट ज्यानगएको हो । साइकलमा जेब्रा क्रसिङ गरिरहेका उनलाई ट्रकले ठक्कर दिएको बताइएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको अस्पताल लादै गर्दा ज्यान गएको हो । ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । चिरञ्जिवी तीन महिनाअघि अध्ययनका लागि जापान गएका थिए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...