annapurna add

नयाँदिल्ली । कास्मीर स्थित भारतीय सीमामा खटिएका एक नेपाली गोर्खा सैनिकको गोली लागेर मृत्यु भएको छ ।

gurungआज बिहानै सीमा क्षेत्रमा पाकिस्तानी सेनाले प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको बताईएको छ ।
जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।

प्रवक्ता आनन्दका अनुसार ३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।

करीब एक महिना अघि पनि अर्का नेपाली गोर्खा सैनिकको ज्यान गएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...