1478958692 banner ad format

 
 

कोरियामा २००३ देखि२०१७ सम्म नेपाली लगायत अन्य देशको प्रवासी मजदुर मृतक संख्या ५,८५६- काेरियन कानुन मन्त्रालय

eps labor press confrance kantipathnews

कोरियामा मजदुरको अभावको कारण प्रवासी मजदुरको संख्या दिन प्रति दिन बृद्दी भइरहेको छ । प्रवासी मजदुरको संख्या बृद्दी हुनुको साथ साथै प्रवासी मजदुरको बिभिन्न दुर्घटना र मृतकको शंख्या पनि बृद्दी भई रहेको छ ।

ख्यंगनाम प्रवासी सहयोग केन्द्र लगायतले हिजो आत्माहत्या गर्ने प्रवासी मजदुरको संख्या बृद्दी भएको र यस्तो समस्या समधान गर्न सरकारले इपिएसमा पूर्ण सुधार गर्नु पर्ने माग राख्दै गरेको पत्रकार सम्मेलनमा कोरिया स्थित नेपाली राजदुताबासबाट प्राप्त भएकाे  मृत्यु हुने नेपाली प्रवासी मजदुर को तथ्यांक खुलासा गरेको थियो।

कोरिया स्थित नेपाली राजदुताबासबाट प्राप्त बिबरण अनुसार सन् २००७ देखि २०१७ अगष्ट महिनासम्म मृत्यु हुने नेपालीको कुल संख्या १ सय ३० जना छन । जस अनुशार  पुरुष १२५ जना महिला ५ जना रहेकाे छ । यसरी मृत्यु हुने मध्ये आत्माहत्या गर्नेको शंख्या ३६ जना, औधोगिक दुर्घटनामा परि २१ जना ,सडक यातायात दुर्घटनामा १० जना ,रोगको कारणले १९ जना, झैझगडा अपराधिक गतिविधिबाट २ जना, औधोगिक दुर्घटना बाहेक दुर्घटनाबाट १जना र अन्य कारणले ३ जना छन भने मृत्युको कारण पत्ता नलागेको मृतकको शंख्या ३८ जना छ ।

eps labor death kantipathnews

आत्माहत्या गर्ने नेपालीको शंख्या ३६ जना मध्ये सन  २००७ मा १ जना ,२०१० मा २ जना ,२०११ मा २ जना २०१२ मा ५ जना ,२०१३ मा ३ जना ,२०१४ मा २जना ,२०१५ मा ९ जना ,२०१६मा ६ जना र २०१७ अगष्टसम्म ५ जना छ । गत ३ बर्षमा आत्महत्या गर्ने नेपाली प्रवासी मजदुरको संख्या तिब्र रुपमा बृद्दी भैरहको छ ।

ख्यानाम प्रवासी सेन्टरले कोरियन मजदुर क्षेतिपुर्ति तथा कल्याण सेवा(बिमा कार्यालय)बाट प्राप्त औधोगिक दुर्घटनाबाट मृत्यु हुने प्रवासी मजदुरको तथ्यांक पनि सार्बजनिक गरेको थियो । प्राप्त तथ्यांक अनुसार २००३ देखि २०१७ सम्म मृत्यु हुने प्रवासी मजदुरको शंख्या १४०३ छ ।

यो संख्या मध्ये बिमा कार्यालयबाट औधोगिक दूर्घटना हो भनि प्रमाणित हुनेको शंख्या १३४ जना छन । औधोगिक औधोगिक दुर्घटनाबाट मृत्यु भएको प्रमाणित नहुनेको शंख्या ५६ जना छन बाकी मृतकहरुको हकमा सबै कम्पनीसग सहमतिमा मुद्दा मिलाइएको अवस्था छ ।

नेपाली प्रवासी मजदुर औधोगिक दुर्घटनामा परि २१ जनाको मृत्यु भएको र जस मध्ये १ जनाको औधोगिक दुर्घटनाबाट मृत्यु भएको भनि प्रमाणित हुन सकेको थिएन । कोरियामा धेरै औधोगिक दुर्घटनामा परि मृत्यु हुने प्रवासी मजदुर चीनका रहेका छन । जसको शंख्या ३७१ जना छ । २००७ देखि २०१६ सम्म प्रवासी मजदुरहरु औधोगिक दुर्घटनाबाट मृत्यु भयो भनि दर्ता (उजुरी )गर्नेको शंख्या १ हजार ८८ छन  जुन बार्षिक औषत १०९ जना पर्दछ ।

काेरियन कानुन मन्त्रालय, अध्यायगमन बिदेशी नीति नियम बिभागको प्रतिबेदन अनुसार यो अवधिमा मृत्यु हुने प्रवासी मजदुरको संख्या ५ हजार ८ सय ५६ छ भने, बार्षिक औषत ५ सय ८७ छन ।

पत्रकार सम्मेलनमा सहभागीहरुले प्रवासी मजदुरको मृत्युको कारण बिभिन्न भए पनि सबै भन्दा मूल कारण रोजगार अनुमति प्रणाली (इपिएस) नैभएकोले यसको आमुल सुधार गर्न सरकारलाई माग गरेको थियो । उक्त समाचार कोरियन ओमाइनिउजमा प्रकासित भएको छ ।

उदय राई दक्षिण कोरिया

प्रकासित मिति

Loading...

 

yummyfood