1478958692 banner ad format

 
 

अहिले स्विजरल्यान्ड को जेनेभा मा १०६ औ आई यल ओ (ILO) अन्तरास्ट्रिय श्रम अधिबेशन संचालित भैराखेको छ। मजदुर हरुको अधारभुत अधिकार लाई कसरी सुनिश्चित गर्न सकिन्छ, प्रवासी मजदुर को हकअधिकार कसरी सुनिश्चित गर्न सकिन्छ , मजदुरि गर्न जानेको लागि उचित वेबस्था कसरी गर्न सकिन्छ,मजदुर संगठन को भुमिका लाई कसरी प्रभाव कारी बनाउन सकिन्छ भन्ने लगाय विभिन्न बिसय लाई लिएर ३ समूह को ( कम्पनी, सरकार , मजदुर ) छलफल भैराखेको छ। सबै पक्ष बाट आफ्नो आफ्नो बिचार राख्ने क्रम जारी छ।

ILO Convention demand for the whole country WPS

 

कोरिया को प्रवासी मजदुर संगठन (एमटियु) को तर्फ बाट अध्यक्ष उदय राई सहभागी हुनुभएको छ। उहाँ ले कोरियन सरकार ले लागू गरेको इपियस को वास्तविक स्थिति र त्यस बाट प्रवासी मजदुर ले भोग्नु परेको दुख को बारेमा अधिबेसन मा प्रस्तुत गर्नु भएको छ।

 

इपियस मा प्रवासी मजदुर लाई कम्पनी परिवर्तन गर्न बाट बन्चित गराएको , मजदुर कानुन अनुसार थ्यैजिकम कोरिया न पाई कोरिया छोड्नु पर्ने, खाने बस्ने सुबिधा दिए बाफत २०% रकम कम्पनी ले काटन पाउने निर्देसिका बनाई प्रवासी मजदुर को तलव कटौती गरेको बारेमा जानकारी गराउनु भएको थियो।

ILO Convention demand for the whole country WPS 2

 

इपियस का बारेमा कोरिया सरकार ले बाहिर भन्ने कुरा र वास्तविक कोरियामा प्रवासी मजदुर लाई लागुहुने कुरा अन्त्यन्तै भिन्न भएको कुरा ILO(आई यल ओ) ले बुझ्नु पर्ने मा जोड दिनु भयो।अध्यक्ष राई ले प्रवासी मजदुर पठाउने र लिने दुबै देश बिच सम्झौता हुदा मजदुर संगठन लाई पनि सहभागी गराउनु पर्ने, काम गर्न जादा दिने सैक्षिक कार्यक्रम वेवहारिक हुनुपर्ने ,त्यसरी दिने सैक्षिक कार्यक्रममा मजदुर संगठन ले भाग लिन पाउनुपर्ने,सरकार का दवाव का कारण प्रवासी मजदुर संगठन ले प्रभाव कारी रुपमा काम गर्न न सके यसका लागि ILO (आई यल ओ) ले सम्बन्धित सरकार लाई दवाव दिनुपर्ने सुझाव दिनु भएको थियो।

ILO Convention demand for the whole country WPS 3

 

 

ILo(आई यल ओ) ले कसरी सहज तरिका ले प्रवासी मजदुर बाहिर जान सक्छ्न भन्नेकुराको सङ्सङ्गै त्यो देश मा गएर कसरी मजदुर को हक अधिकार उपयोग गरेर समान रुपमा काम गर्न सक्छ्न भन्ने बारेमा पनि ध्यान दिनुपर्ने र यसै अनुरुप कार्ययोजना बनाउनु पर्ने सुझाव दिनुभएको थियो। मजदुर का ३ अधिकार आफुखुशी कम्पनी परिवर्तन गर्न पाउने सर्त सहित को WPS (ड्ब्लुपियस) नै प्रवासी मजदुर को मजदुरि जीवन सुखमय बनाउने उत्तम प्रणाली भएको कुरा मा जोडदिनुभएको थियो।

 

अध्यक्ष राई ले ILO (आई यल ओ) ले कुनै देश को प्रवासी मजदुर सम्बन्धि नितिनियम को अनुसरण गर्दा त्यस नितिनियम को बारेमा स्थलगत अध्ययन गरि वास्तविकता बुझेर मात्र गर्न सुझाव दिनुभयो। अधिबेशन ४ जुन देखि सुरु भएर १७ जुन मा सम्पन्न हुदैछ । अन्तिम निर्णय आउन अझै बाकी बाकी छ अहिले ३ पक्ष को मतभेद का कारण बैठक को बाताबरण निक्कै ग्रम भैइराखेको छ।

 

ILO Convention demand for the whole country WPS 4

यस अघि अध्यक्ष राई ले १२ तारिक ILO(आई यल ओ) माहासचिव Guy Ryder संग को भेट घाट र छलफल मा ILO(आई यल ओ) को समर्थन र सिफारिस का कारण mtu (एमटियु) बैधानिक हुन सफल भएको र यसका लागि एमटियु लगायत प्रवासी मजदुर को तर्फबाट धन्यवाद दिनुभएको थियो। साथै इपियसका कारण कोरिया मा प्रवासी मजदुर को स्थिति का बारेमा आई यल ओ माहासचिव लाई अवगत गराउनु भएको थियो। आई यल ओ माहासचिव ले सबै कुरा मा सुधार को लागि पहल गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो।

 

मधुसूदन ओझा प्रचार प्रसार बिभाग प्रमुख प्रवासी मजदुर संगठन (एमटियु)

प्रकासित मिति

Loading...