1478958692 banner ad format

 
 

स्विजरल्याण्डको जेनेभामा मजदुरहरुका  बिबिध बिषयमा छलफल, निर्णय गर्न र निर्णय अनुसार कार्ययोजना बनाउनकोलागि आयोजना गरिएको अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO)को १०६औ अन्तर्राष्ट्रिय श्रम सम्मेलन जुन ४ बाट शुरु भइ जुन १६ मा सम्पन्न भएको छ। सम्मेलनमा आईएलओको १८६ सदस्य रास्ट्रको मजदुर ,कम्पनी ब्यबस्थापक र सरकारको लगभग ६ हजार प्रतिनिधिहरु सहभागी भएका थिए।

Ilo prabasi nepali

 आईएलओको यस सम्मेलनका ४ वटा समिति मध्ये प्रवास मजदुर समिति ( Committee on labour migration)ले  प्रवासमा मजदुरी गर्न जाने  प्रवासी मजदुरहरुकोलागि राष्ट्रिय ,दुइपक्षिय ,क्षेत्रिय र अन्तरक्षेत्रीय  स्तरमा निस्पक्ष सहज तरिकाले  प्रवासमा जान सकने किसिमले  कसरि  प्रभाबकारी ब्यबस्थापन  गर्न सकिन्छ   भन्ने  बिषयमा छलफल भएको थियो समितिले प्रवासी मजदुरहरुले गन्तब्य देशमा गएर बिभिन्न किसिमको समस्या भोग्नु पर्ने हुन्छ  त्यसकोलागि कानुनी रुपमा संगठित हुने (मजदुर संगठन खोल्ने ) र कम्पनीसग सामुहिक सम्बाद  गर्न पाउने अधिकार लगयत अन्य सबै अधिकार हुनेछ।  

Ilo prabasi nepali 2

मजदुर संगठन खोल्न पाउने  मजदुरको आधारभूत अधिकार हो यसबाट उत्तम काम गर्न पाउने अवसर सिर्जना हुनेछ  प्रवासी मजदुरको सुरक्षा का साथै काम गर्न जानकोलागि उचित ब्यबस्थापन गर्न (Governance of labour migration ) सहि नीति नियम बनाउनकोलागि सदस्य राष्ट्रलाई ILO कन्भेन्सन र सिफारिसलाइ अनुमोदन साथै प्रभाबकारी रुपमा लागु गराउन दबाब दिनु पर्नेछ। सबै तहमा आवाश्यक  सिपको राम्रो मुल्याकन ,बजार को माग पुरा गराउन प्रशिक्षणमा एकरुपता ,सामाजिक साझेदार (मजदुर संगठन )को प्रत्यक्ष सक्रिय सहभागिता हुनु पर्ने साथै सिप बिकासकोलागि कार्ययोजन बनाउनु पर्नेछ ।

 

Ilo prabasi nepali 3

अर्को देशमा काम गर्न जान निस्पक्ष भर्ती( Fair recruitment )को ब्यबस्थापन गर्न ILO को साधारण सिद्धान्त र निर्देशनको पालना गर्न सदस्य राष्ट्रहरुलाई प्रोत्साहित गराउनु पर्नेछ साथै निस्पक्ष भर्ति को लागि प्रचार प्रसार ,क्षमता अभिबृदी र प्राबिधिक सहयोग गर्नु पर्नेछ। काम गर्न जादा लाग्ने खर्च निर्धारण  गर्ने  तारिकाको बिकाश गर्नु पर्नेछ ।

लिंग ,उमेंर अनुसारको प्रवासी मजदुरको तथ्यांक संकलन गरि यसले प्रवासी मजदुरको आफ्नो देश र गन्तब्य देशमा  मजदुर बजारमा कस्तो असर पर्छ  हेर्नु पर्ने हुन्छ । २०१८ मा हुने  अन्तर्राष्ट्रिय मजदुर तथ्यांक सम्मेलनमा प्रवास, मजदुर  र  तथ्यांकको  अन्तर्राष्ट्रिय मानक (Standard) पारित गरिने छ राष्ट्रिय कानुन , नियमावली अनुसार प्रवासी मजदुर र उनीहरुको परिवारको सामाजिक सुरक्षा सम्बन्धि अधिकारहरु  सुनिस्चित हुनु पर्ने छ ।

अनियमित मजदुरीको बारेमा  प्रवासमा जाने अस्थाई बाटो लगायत अस्थाई रुपमा मजदुरी गर्न जाने  क्रम घटाउनको लागि उचित कदम चालिनेछ ।कार्य स्थलमा प्रवासी मजदुरको आधारभूत अधिकार  सम्मान गर्न जोड दिइनेछ ।प्रभाबकारी माइग्रेसनको ब्यबस्थापनकोलागि दुइपक्षिय सम्झौता अति उपयुक्त हुनेछ यसले , सुबिधाजनक  ,नियमित र ब्यबस्थित प्रवास मजदुरीको लागि  ठुलो भूमिका खेल्ने छ यसमा समाजको साझेदार (मजदुर संगठन )लाइ सहभागी गराउनु पर्नेछ।  

Ilo prabasi nepali 4

आगामी दिनमा आईएलओले सम्मेलनमा पारित भएको निर्णय अनुसार कार्य योजना बनाउने छ । कोरियाबाट कोरियाको प्रवासी मजदुरहरुको प्रतिनिधित्व गर्दै प्रवासी मजदुर संगठन (एमटियु ) का अध्यक्ष उदय राई सहभागी हुनु भएको थियो । एमटियुबाट कोरियाले लागु गरेको इपीएस को वास्तविक अवस्थाको बारेमा र त्यसको कारण प्रवासी मजदुरले भोगी रहेको समस्यको बारेमा बताइएको थियो ।

Ilo prabasi nepali 5

साथै प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्ने प्रणाली स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने  र मजदुर ३ अधिकार सहितको डब्लुपीएस भएकोले सबै देशमा यो प्रणाली लागु गर्नु माग गरिएकोथियो । कानुनले  सुनिस्छित गरेको अधिकार प्राप्त गर्नकोलागि  मजदुर  स्वयमले एकजुट भएर पहल गर्नु पर्ने  कुरामा दुइमत छैन ।  

उदय राई अध्यक्ष प्रवासी मजदुर संगठन (एमटियु)

प्रकासित मिति

Loading...

 

yummyfood