1478958692 banner ad format

 
 

कोरिया - अन्तर्राष्ट्रिय मजदुर संघ (ILO)को महासचिब गाइ राइडर (Guy Ryder)ले सेप्टेम्बर ६ तारिक कोरियन मजदुर महासंघ (केसीटियु) को कार्यालय भ्रमण गर्नु भइ केसीटियु कार्यबाहक अध्यक्ष छोई जोंग जिन लगायत अन्य पदाधिकारीहरुसग मजदुर हक अधिकार र कोरियामा मजदुरले भोगिरहेको बिबिध समस्याको बारेमा छलफल गर्नु भएको थियो |

ilo secretery gen visit kctu1

छलफलको क्रममा केसीटियु कार्यबाहक अध्यक्ष छोई जोंग जिनले ILOको सगठन स्वतन्त्रता समितिले ( Freedom of Association Committee) मजदुर संगठन गठन गर्दा दबाब दिने कोरियन समाजमा मजदुर संगठन गठन गर्नकोलागि सघर्ष गर्ने मजदुरकोलागि ठुलो भुमिका खेलेको छ महासचिब ज्यु को भ्रमणबाट केसीटियुको सदस्यहरुले सुधार हुनेमा ठुलो आशा गरिरहेको छन कानुनी मान्यता प्राप्त नगरेको शिक्षक संगठन ,सरकारी कर्मचारी संगठनले ILO को सगठन स्वतन्त्रता समिति ( Freedom of Association Committee)मा मजदुर संगठनलाई गरिने दबाबको बिरुद्दमा उजुरी गरिएको साथै सेजुंग होटेलको मजदुर र पार्क खुन हे ,इ म्यंग बाकको सरकारको कार्यकालमा 888 भएको प्रेस स्वतन्त्रता र मजदुर संगठन गठन गर्न पाउने अधिकारकोलागि एकै साथ हड्तालमा उत्रिएको कोरियन प्रमुक टिभी MBC ,KBS को प्रेस मजदुरले महासचिबको भ्रमणबाट ठुलो आशा गरेको छ भन्नु भयो ।

ilo secretery gen visit kctu

माहासचिब राइडरले मजदुरको आधारभूत अधिकार समस्या समाधान गर्न दुइवोटा बाटो छ पहिलो ILO को मुख्य कन्भेन्सन ८७ ( संगठन स्वतन्त्रता र सगठन गठन गर्ने पाउने अधिकारको रक्षा सम्बधि) र कन्भेन्सन ९८ सगठित हुने अधिकार र सौदाबाजी गर्ने अधिकारको सिद्दान्त लागु हुने सम्बन्धि कन्भेन्सन )अनुमोदन गर्नु हो राष्ट्रपति बुन जे इनसगको भेटमा यो कन्भेन्सन अनुमोदन गर्न माग गरेको छु मजदुर आधारभूत अधिकार दाहिने र बाया (राजनीतिक सिद्दान्त) छुट्याउने आधार नभएर मानब अधिकार र मजदुरको आधारभूत अधिकार हो दोश्रो,कन्भेन्सन अनुमोदन गरेको छ कि छैन भन्ने कुरालाई छोडेर शिक्षक मजदुर संगठन ,सरकारी कर्मचारी मजदुर संगठन ,पक्राउ परेको मजदुर संगठनको कार्यकर्ताको समस्या चाडोभन्दा चाडो समाधान गर्नु पर्ने छ यसको बारेमा ILO को सगठन स्वतन्त्रता समिति ( Freedom of Association Committee)मा उजुरी परिसकेको र ILO ले सिफारिस पनि गरि सकेको अवस्था छ ILO को निर्णय पक्का हुने छ भन्नु भयो ।

ILO माहासचिब राइडरले आधुनिक युगको दास प्राणाली भनेर बिरोध भइरहेको रोजगार अनुमति प्रणाली (इपिएस) बारेमा सबै नाजुक अवस्था (Poor working condition) भएको प्रवासी मजदुरको समस्या सरकार ले सुधार गर्नु पर्ने समस्या भएकोले ILOको मुख्य सिद्दान्त समान व्यवहार हो भन्दै तलब फरक भएको मजदुर र कम भएको मजदुर स्थर(कोरियन र प्रवासी ) उस्तै हुनु पर्छ । प्रवासी मजदुरहरु भेदभाबबाट सुरक्षित् हुने अधिकार छ भन्दै इपिएसमा सुधार हुनु पर्दछ भन्नु भयो - Workworld र jungang ilbo

उदय राई दक्षिण कोरिया

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood