shrestha

भारत–पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा ज्यान गुमाएका पाल्पाको रामपुर नगरपालिका–४, सतवर्तका २१ वर्षीय गमिल श्रेष्ठको अन्त्येष्टि भारतमै गरिएको छ ।

गत शनिबार राति ज्यान गुमाएका गमिलका बाबु रुद्रनारायण श्रेष्ठ र दाजु गणेश श्रेष्ठ गमिलको अन्त्येष्टिमा सामेल हुन भन्दै भारत पुगेका थिए । भारतीय सेनाले बनारसको काशीघाटमा गमिलको दाहसंस्कार गरेको हो ।

छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार श्रेष्ठको काजकिरिया उनका ९७ वर्षीय हजुरबुवाले गर्दैछन् । गमिलका हजुरबुवा र हजुरआमा जीवितै भएका कारण उनका बाबुले काजकिरिया गर्न नमिल्ने भएकाले हजुबुवाले किरिया गर्ने भएका हुन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर