1478958692 banner ad format

 
 

 अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ त्यस्तै केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने पनि गरिन्छ। सन् १८८६ को मे महिनाको ४ तारीखमा अमेरिकाको सिकागो शहर को हेय मार्केट काण्ड भएको संझनामा मे १ लाई श्रमिक अनि श्रम सँग समबन्धीत मुद्धाको लागी विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ ।

 

यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा कार्य गर्ने वातावरणकालागी भनेर आन्दोलन गरेका थिए। स्मरण रहोस त्यो आन्दोलन पूर्व सामान्यरुपमा संसारभरिका कामदारहरुले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ र आजको वढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट शुरु गरिएको हो बिदा को दिन घरमा आरामले वसिरहँदा हप्ताको एक दिनको विदा अनि काम गर्ने समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए ।

मजदुर दिवस मनाउनु को मुख्य उद्देश्य प्रत्येक श्रमिक को हक अधिकार रक्षा गरियोस भन्नु हो। कुनै पनि देश ,समाज, संस्था तथा राष्ट्र को बिकास निर्माण मजदुर बिना सम्भव छैन्। अंतर्राष्ट्रीय मजदूर दिवस मनाउनु को उद्देश्य ४ मे १८८६ मा अ्मेरिका को शिकागो सहर को हैय बजार मा भएको बम धमाका मा मारिएका मजदुर लाई साचो श्रध्दांजलि दिनु का साथै बिश्व भरि का मजदुर लाई एकै सुत्र मा बाध्नु हो । अ्मेरिका को सिकागो सहर मा मजदुर हरुले आफ्नो हक को लागि लडाइँ लडने सङ्कल्प का साथ आन्दोलन सुरु गरेका थिए। त्यति बेला आम मजदुर ले १६ /१६ घण्टा काम गर्नु बाध्यता थियो। यसको मजदुर सङ्गठन ले ब्यापक बिरोध गर्दै ८ घण्टा काम र ८ घण्टा आराम गर्न पाउनु पर्छ भनि आफ्नो माग जोड्दार रुपमा पेस गरेका थिए। सोहि माग लाई लिएर सिकागो सहर को हेय बजार मा आयोजित मजदुर र्‍यालि माथि अ ज्ञात समुह द्वारा बम प्रहार गरिएको र सो दुखद घटना मा कयौ मजदुर सहिद हुनुका साथै केहि मजदुर घाइते पनि भएका थिए ।

सिकागो बाट सुरुभएको उक्त आन्दोलन को आगो बिश्व भरि फैलियो यसै आन्दोलन बाट प्रेरित भएर फ़्रांस को पेरिस सहरमा सभा को आयोजना गरियो। उक्त सभा मा सबै भन्दा पहिले शिकागों शहर मा सहिद भएका मजदुर सहिद प्रती श्रद्धांजलि अर्पण गरिएको थियो। सन १९८९ मा पेरिस मै भएको बैठक द्वारा प्रत्येक बर्ष मे १ तारिक का दिन अन्तर्राष्ट्रीय मजदूर दिवस / श्रम दिवस को रुपमा मनाउने निर्णय गरियो ८ घण्टा काम गर्ने ८ घण्टा आराम गर्ने समय तोकिनु पर्दछ भन्ने माग गर्दै १८८६ मा अ्मेरिका को सिकागोमा काम गर्ने मजदुरहरुले सुरु गरेको उक्त आन्दोलन को दिनको सम्झनामा विश्वको मजदुरहरुले अन्तर्राष्ट्रिय मे दिबस (मे १ तारिक) मनाउदै आइरहेको छन ।

अहिलेको आधुनिक युग श्रम अनि श्रमिकको युग का रुपमा चिनिन्छ ।यसै युग को शुरुवात सँगै विभिन्न कारखाना, उधोग, उत्पादन अनि विकासका नयाँ आयामको शुरुवात भएका हुन ।यि उधोग अनि औधोगीकरणमा मजदुर को भुमिका महत्व पुर्ण हुन आउछ कोरियामा पनि मजदुर दिवस मेडे बिभिन्न कार्यक्रम को आयोजना गरि मनाइन्छ्।कोरिया मा कार्यरत प्रवासि मजदुर ले पनि मेडे र्‍यालि मनाउदै आईराखेका छन्। कोरियामा कार्यरत प्रवासी मजदुर ले काम गर्ने कार्यस्थल मा उक्त दिन काम हुने भएकाले आइतवार बिदा को दिन पारेर प्रवासी मजदुर द्वारा प्रवासि मजदुर सङ्गठन मा आवद्ध भएर मेडे र्‍यालि को आयोजना गर्ने गरिन्छ ।

उसो त कोरिया मा इपियस का खराव नितिका कारण प्रवासि मजदुर कोहकमा भने ८ घण्टा काम ८घण्टा आराम को औचित्य नै छैन भन्दा पनि हुन्छ किनकि कोरिया मा बिसेश गरि कृषि तिर कार्यरत प्रवासी मजदुर लाई दिन को १४/१४ घण्टा बेशिक तलव नदिएर नै दास बनाएर जवर्जस्ति काम गराईन्छ्। बिश्व भरि मजदुर को पक्ष मा परिवर्तन आए पनि कोरिया मा भने इपियसले प्रवासी मजदुर लाई आधुनिक युग मा आज्ञाकारी दासको भन्दा पनि न्युन स्थरिय जिवन जिवन बिबस तुल्याएको छ । कोरियामा कार्यरत प्रवासी मजदुर को अवस्था १८८६ भन्दा पहिले को मजदुर को भन्दा कम नाजुक छैन्। अ्मेरिका मा मजदुर एक जुट भ इ दवाव शृजना गरेको उक्त दिन बाट प्रेरणा लिएर कोरिया मा कार्यरत सबै प्रवासि मजदुर आफ्नो हक अधिकार प्राप्ती का लागि दवाव शृजना गर्नु पर्ने नितान्त जरुरी देखिन्छ्। यदि कोरिया मा कार्यरत सबै देश को प्रवासी मजदुर एकजुट भएर दवाव शृजना गर्न सकिएन भने कोरिया मा प्रवासी मजदुर युगौ सोसित पिडित भै बस्न बाध्य हुनुपर्ने छ्।

मधुसुदन ओझा सचिव प्रवासि मजदुर सङ्गठन दक्षिण कोरिया

 

प्रकासित मिति

Loading...

 

yummyfood