tealaya add

12 nepali mariyeko din

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको १५ वर्ष पूरा भएको छ ।२०६१ साल भदौ १६ अर्थात आजकै दिन वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको आतंकवादी इस्लामिक संगठनले विभत्स हत्या गरेको थियो ।

के थियो घटना ?

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतंकवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे ।

कामको खोजीमा इराक पुगेका उनीहरुले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।अपहरणमा परेका आफ्ना नागरिकको मुक्तिका लागि नेपाल सरकाररपरराष्ट्र मन्त्रालयले इराकी सरकारमार्फत लगातार अपिल गरिरहे का थिए । तर भदौ १५ गते साँझ टाउँको काटिएका १२ जना नेपालीको मृत शरीरको भिडियो क्लिप सार्वजनिक भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएको केही क्षणमा नै नेपाल भर फैलिएको थियो । आफ्ना नागरिकको रक्षा गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको चर्को आलोचना गरेका थिए ।

त्यो ऋदयविदारक भिडियो सार्वजनिक भएसँगै भदौं १६ गते अर्थात आजको दिन काठमाडौं उपत्यकामा स्वत स्फूर्त रुपमा मानिसहरु सडकमा आए र हत्या काण्डको विरोध गर्दै त्यसक्रममा राजधानीमा रहेका अधिकांश जसो म्यानपावर कम्पनीमाथि आक्रमण भएको थियो भने सञ्चार गृहमा समेत तोडफोड भएको थियो । 

तोडफोडबाट दई सय ९७ भन्दा बढी म्यानपावर कम्पनीमा क्षति पुगेको थियो भने कान्तिपुर दैनिक पनि आक्रमणको निशानामा परेको थियो ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्ययनबाट उक्त तोडफोडमा ७५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...