1478958692 banner ad format

 
 

कोरियामा विभन्न नेपाली संघ सस्थाले गर्दै विभिन्न कार्यक्रम सबै गैरक्नुनी यस्तो कार्य दोहोरिय हदैसम्मको कानुनी सजाय गर्ने कोरियन प्रहरीको चेतावनी दिएके छ।

korean police min

कोरियामा इपिएस अन्तर्गत साथै बिभिन्न मध्यमबाट कोरियामा काम गर्ने नेपालीको संख्या लगभग ३४/३५ हजारको हाराहारीमा छ । यी नेपालहरु मध्ये धेरै जसो कोरियाको साना तथा मझौला कम्पनीमा काम गर्ने गर्दछन ।

कम्पनीको वा आफ्नो व्यक्तिगत काम बाहेक यहाँ रहेको नेपालीहरुले विभिन्न संघ सस्था (क्षेत्रिय, धार्मिक ,जातीय ,राजनीतक लगायतको ) खोलेर त्यसको गतिबिधि पनि गर्ने गरेका छन् । यसरी खोलिएको सस्थाहरु कोरियनको सम्बन्धित निकायमा दर्ता हुनु पर्नेछ ।

कोरियामा बर्खाको च्याई उम्रे झै महिनै पिच्छे सस्थाहरु खुल्ने गर्छन । नेपालीहरु कम्पनीको काम भन्दा सस्थाको काममा व्यस्त देखिन्छन । बिदाको दिन नेपालीलाई भ्याई नभ्याई हुन्छ सस्थाको कामले । १-२ वटा कार्यक्रम नभएको हप्ता हुदैन र धेरैलाई त्यो कार्यक्रममा जसरि पनि अनुहार देखाउन पुग्नै पर्ने हुन्छ ।

धेरै जसो नाफा मुलक कार्यक्रम नै हुने गर्छ । त्यहाँ पुगे पछी २-४ मानन हाल्न बाध्य बनाउछन । प्राय कतिलाई यसबाट आएको रकम कता लगाउ छन् अत्तोपत्तो केहि थाहा हुदैन ।.तर अब यस्तो कार्यक्रम जथाभावी गर्न नमिल्ने भएको छ । नेपाली सस्थाहरु कुनै पनि कोरियाको सम्बन्धित निकायमा दर्ता भएको छैनन ।

धेरै जसो दर्ता हुन योग्य पनि छैनन तर यी सबै सस्थाले आफु खुसि आफ्नो सस्थाको नामको छाप,प्याड बनाई प्रयोग गर्ने गरेका छन जुन गैर कानुनी हो । फेरी यो क्षेत्रिय, जातीय ,राजनीतिक ,धार्मिक लगायतको संघ सस्थाले विभिन्न सहयोगको शिर्षकमा विभिन्न नाफा मुलक साथै अन्य कार्यक्रमहरु गर्ने गरेका छन् ।

यसरी गरिने संस्कृतिक कार्यक्रम, भाग्यशालि चिट्टा,सभाहरु लगायत कार्य गर्ने बिभिन्न सस्था खोलेर छाप प्याड बनाई प्रयोग गर्नु कोरियाको कानुनले निषेध गरेको छ । यस्ता कार्यहरु गर्न कोरियन सरकारको सम्बन्धित निकायमा दर्ता भएको सस्थाले सम्बन्धित निकायबाट अनुमति लिएर गर्नु पर्ने कानुनी ब्यबस्था छ ।

कोरियाको सम्बन्धित निकाय बाहेक अन्य कुनै अबैधानिक वा अन्य सस्थाले माथी उल्लेखित कार्यहरु गर्न अनुमति दिन सक्ने अधिकार नभएको र यदि कसैले कोरियाको कानुन उलंघन गर्दै यस्ता कार्यक्रमहरु गरेमा वा गर्ने अनुमति दिएमा अनुमति दिने, गर्ने, गर्नकोलागि सहयोग गर्ने(टिकट बिक्रि वितरण लगायत) , टिकट पोस्टर शौजन्य गर्ने सबैलाई कानुनले तोकेको हदैसम्मको (जेल र जरीवान दुवै ) सजाय भोग्नु पर्ने कोरियन प्रहरी कार्यालयले जनाएको छ ।

साथै आउदा दिनमा यस्तो कार्यहरु नगर्न आदेश दिएको छ । गैरकानुनी रुपमा गरेको कुनै कार्यक्रमको रकम सबै सरकारले जफत गर्ने छ। हालै मात्र एमटियुले संस्थाके आर्थिक स्थिति नाजुक भएकोले कोष सहयोगार्थ( नेपालीहरु बीच )चिट्टा खोलाउने योजना गरि टिकट बनाई बिक्रि वितरण गरि रहेको थियो ।

उक्त चिट्टाको बारेमा प्रहरीमा उजुरी परेकोले प्रहरी कार्यालयले चिट्टा बरामद गरि बिक्रि बितरण र खोल्नमा रोक लगाएको छ । साथै आउदो दिनमा यस्ता कार्य नदोधोरिन आदेश दिएको छ ।

से बारेमा काेरियामा कार्यरत नेपालीहरूकाे संस्था एमटियु अध्यक्षले निमनानुशार जानकारी गराउनु भएकाे छ - कोरियामा रहेको बिभिन्न संघ सस्थाले गर्दै आएकोले हामीले पनि बिभिन्न ठाउमा सकेको सहयोग गर्दै आएको, साथै संगठनमा पैसा नभएको कारणले केहि सहयोग रकम संकलन गर्न सकिन्छकी भन्ने उदेश्यले यो कार्य गर्न खोजेका थियौ ।

प्रकासित मिति

Loading...

 

  • Kantipathnews World Activities in Nepali Acid attack

    दुई किशोरीमाथि एसिड आक्रमण

    अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्ति ...

  • Kantipathnews World Activities in Nepali Nigeria Suicide blast

    आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु

    उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यह ...

  • kantipathnews World Breaking News Nepali road accident

    सडक दुर्घटनामा परी २० जनाको मृत्यु

    सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक् ...

yummyfood