1478958692 banner ad format

 
 

migrantlaborkorea2

कोरियामा मजदुरको तलव १६.४ प्रतिशत ले वृद्धि

काेरिया। आज बसेको न्युनतम ज्याला निर्धारण समिति को ११औ बैठक ले २०१८ को लागि काेरियामा कामगर्ने प्रवासी मजदुरकाे न्युनतम ज्याला ७,५३० वन निर्धारण गरेको छ।आजको बैठकमा मजदुर पक्षका सदस्य ,कम्पनी व्यवस्थापन पक्षको सदस्य र सरकारका प्रतिनिधि सबै गरि २७ जना सहभागी भएका थिए ।

यसपालीको तलव धेरै बढाउन नसकिने अडान कम्पनी , व्यवस्थापक पक्षहरुले राख्दै आएका थिए भने मजदुर संगठनले १० हजार वन हुनुपर्ने माग राख्दै आएको थियो ।

१० औ पटकको बैठक सम्म कुनै सहमती हुन नसके पछि मजदुर संगठन को प्रतिनिधीले आफ्नो माग १० हजार वन बाट घटेर ७५३० वनको प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव माथी मतदान हुदा मजदुर प्रतिनिधिले राखेको प्रस्तावको पक्ष मा  कुल २७ मत मध्ये १५ मत परेको थियो । साे बारेकाे जानकारी  प्रवासी मजदुर संगठन(एमटियु) काेरियाका अध्यक्ष उदय राईले कान्तिपथलाइ गराउनु ध्एकाे छ ।

आज तोकिए तलवमान अनुसारकाे तलव, सबै मजदुरले २०१८ जनवरी देखि दिनको दिन ८ घण्टा काम गरे बापत महिनामा १५,७३,७७० वन तलव पाउने छ्न। उक्त रकम करिब नेपाली रू १ लाख ४२ हजार बराबर हुनेछ ।

  प्रवासी मजदुर संगठन(एमटियु)बारे अन्य जानकारीकाे लागि पढनुस
एमटियुको स्थापना र श्रम बिभागमा दर्तासम्म संघर्षको इतिहास

कोरियामा प्रवासी मजदुरको संघर्ष उपलब्धि र चुनौती

कोरियामा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

प्रकासित मिति

Loading...

 

yummyfood