1478958692 banner ad format

 
 

kantipathnews korean labor minister press meet 1 min

कोरियाको नवनियुक्त रोजगर तथा श्रम मन्त्री किम यंग जु मन्त्री  पदमा नियुक्त भए पछी पहिलो पटक कोरियन मजदुर युनियन (KCTU)को कार्यालय भ्रमण गर्नु भएको छ । उहा अगष्ट २४ मा छंगदोंग, सउलमा रहेको युनियनको कार्यालयमा जानु भएकाे थियो ।

श्रम मन्त्री किमले पहिला मजदुर संगठनको बरिष्ट उपाध्यक्ष पद पनि सम्हाली सकेकी छिन । उनि मजदुर संगठनमा काम गरेर मन्त्री हुने पहिलो मजदुर नेतृ हुन। केसीटियु कार्यालय भ्रमणको क्रममा मन्त्री किमले केसीटियुका कार्यबाहक अध्यक्ष छोई जोंग जिन ,कार्यबाहक बरिष्ट उपाध्यक्ष किम जोन इन , महासचिव ई यंग जु ,केसिटियुको बिभिन्न बिभाग प्रमुख ,बिभिन्न माग राखी संघर्ष गरि रहेको केसीटियु अन्तर्गतको मजदुर संगठनको प्रतिनिधि र मजदुरहरूसग भेट गर्नुभएकाे थियाे ।

kantipathnews korean labor minister press meet 4 min

सो भेटघाटकाे क्रममा काेरियामा कार्यरत  मजदुरहरूको माग र मुद्दाको बिषयमा उहांले छलफल गर्नु भएको थियो । छलफलमा आफ्नो भनाइ राख्दै केसीटियु कार्यबाहक अध्यक्ष छोयले काेरियाली राष्ट्रपति बुन जे ईनले आफ्नो कार्यभार समाल्हेको १०० दिन पुगेको अबशरमा आयोजित पत्रकार सम्मेलनमा  मजदुरले मजदुर संगठन खोल्ने र त्यसको गतिबिधि गर्ने अधिकार सुनिस्चित गर्ने र मजदुरलार्इ दबाब दिने, भेदभाब गर्ने, प्रचलित कानुनको उलंघन गर्ने कम्पनीलाइ कडा कारबाही गरिनेछ भन्नु भएको स्मरण गराउनु भयाे ।

kantipathnews korean labor minister press meet 3 min

उकत भेटघाटमा मन्त्री किम ले अाफुले संसदको सुनुवाईको क्रममा मजदुरी बिरोधि(शत्रु )लाइ निर्मुल पार्न सुधार समिति गठन गर्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो। साे अबसरमा मजदुर निरिक्षक बृद्दी गरि निरिक्षण प्रणाली प्रबल बनाउने, तल्लो कम्पनीमा औध्योगिक दुर्घटना भएमा मुख्य कम्पनीलार्इ जिम्मेवारी बहन गराउने लगायतको योजना रहेकाे बताउनु भएको थियो ।

यसबाट मजदुरमा केहि आशा त जागेको छ। तर काेरियामा  १९८७ सालको बृहत मजदुर आन्दोलन भएको ३० बर्ष बिति सक्दा पनि मजदुरहरुको आधारभूत अधिकार ३० बर्ष पहिलाकै अवस्थामा छ । ५ जना भन्दा कम मजदुर भएको कम्पनीमा काम गर्ने मजदुरलाई मजदुर कानुनले संरक्षण गर्न सकेको छैन ।

kantipathnews korean labor minister press meet 2 min

लामो समय काम लगाउन बिशेष दफाले असीमित अनुमति दिएको छ । १९९१मा अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO)को सदस्य राष्ट्र भएको कोरिया २६ बर्ष बितिसक्दा पनि सरकारी कर्मचारी युनियन, शिक्षक युनियनहरू संबिधान र मजदुर कानुनले सुनिस्चित गरेको अधिकार बाहिर छन् भन्नु भयो ।

मन्त्री किमले आफुले मजदुरको माग पुरा गर्न बिशेष पहल गर्ने कुरा बताउनु भएको थियो ।

उदय राई दक्षिण कोरिया

प्रबासी मजदुरबारेका अन्य समाचारहरू, अबश्य पढनुहाेला

eps labor death kantipathnewsकोरियामा हालसम्म नेपाली लगायत अन्य देशको प्रवासी मजदुर मृतक संख्या र कारण

kantipathnews korean migrant labor marchकोरियामा इपिएस खारेजगरि डब्लुपीएस लागु हुनु पर्ने माग राख्दै र्‍याली सम्पन्न

kantipathnews eps labor movmentsEPS र प्रवासी मजदुर संगठन, काेरिया - र्इतिहास देखि बर्तमानसम्म

 

प्रकासित मिति

Loading...

 

yummyfood