Korya madhusudan ojha

मधुसुदन ओझा ,दक्षिण कोरिया - कोरियाको सउलमा एसिया क्षेत्र पेशा तथा दुषित बाताबरण पिडितको अधिकारको निमित्त गठित समूह (ANROEV)को १७ औ फोरम अब उपरान्त कोहि पनि  पिडित नहोउन भन्ने नारा, श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित हुनु पर्ने ,यसकोलागी सधै सम्बन्धित देशको सरकारलाई दबाब दिन निरन्तर गतिबिधि गर्ने प्रतिबद्दता गर्दै अक्टोबर २८मा शुरु भएर ३० मा संम्पन्न भएकोछ  ।

फोरममा कोरिया लगायत बिभिन्न देशको (एसिया) मजदुरहरु को नाजुक कार्यस्थल,औधोगिक दुर्घटना, स्वास्थ्य सुरक्षा,मानब अधिकार श्रमिक अधिकारको स्थितिको  बारेमा खुलासा गरिएको थियो  । यो नेटवर्क १९९० मा थाइल्याण्ड र चीन लगायतको देशमा भयानक आगलागी, घर भत्किएर ठुलो सख्यामा मजदुरहरुको मत्यु भएको थियो यो घटनाको बारेमा प्रतिबाद गर्न, यस्तो घटना दोहोरिन नदिन पिडितको पक्षमा काम गर्न २० देशको नागरिक समाजसेबी कार्यकर्ता र बिशेषज्ञद्वारा गठित यो सस्थाले(नेटवर्क) २० बर्ष पार गरिसकेको छ दक्षिण कोरियामा पहिलो पटक भएको यो फोरममा २० राष्ट्रबाट १६० मजदुर युनियनको सम्बन्धित विभागको कार्यकर्ता बिशेषज्ञ, पिडितहरु लगायत सहभागी भएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै कोइला पावर प्लान्ट तल्लो कम्पनीमा काम गर्ने मजदुर स्व किम युंग ग्युनको आमाले मेरो छोरा धुलै धुलोमा दिनरात नभनी काम गर्दा मृत्यु भयो, यहाँ सहभागी हुनु हुने बिभिन्न देशको पिडित, कार्यकर्ता अनुसन्धानकर्ताहरुसग  छलफल गरि शुरक्षा र मानब अधिकारको निम्ति एकसाथ काम गर्नेछु भन्नु भयो, केसिटियुको अध्यक्ष किम म्यंग ह्व्वानले कोरियमा बढी काम गरेर प्रत्यक बर्ष ३६० जनाको मृत्यु हुन्छ तर बुन्जेइन सरकार लचकदार काम गर्ने समय (काम गर्ने समय घटाउन बढाउन सकिने) वृद्धि गर्न आदेश दिई रहेकोछ प्रत्यक बर्ष कार्यस्थलमा २४०० मजदुरको मृत्यु हुन्छ । कोरिया ओइसीडी राष्ट्र मध्ये सबै भन्दा बढी औधोगिक दुर्घटना हुने देशमा पर्दछ तर कम्पनीहरु भने ४ हजार ५ सय डलर जरिवाना तिरेर छुटकारा पाउछन भन्दै सरकारको मजदुर नीतिको बिरोध गर्नुभयो ।

प्रवासी मजदुर समुहमा प्रवासी मजदुरले मजदुरको रुपमा मानबको रुपमा मान्यता नपाएको बिभिन्न देशको अवस्थाको बारेमा खुलासा गरिएको थियो ।

प्रवासी मजदुर युनियन(एमटियु)को अध्यक्ष उदय राईले कोरियाको प्रवासी मजदुरको स्थितिको बारेमा बताउनुभयो कोरियामा औधोगिक दुर्घटना कोरियन मजदुरको तुलनामा प्रवासी मजदुरको ६ गुणा बढी हुने गर्दछ गार्हो खतरनाक काम गर्न बाध्य छन प्रवासी श्रमिक  स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न अनुमति छैन  घटनाको मुख्य कारण यहि हो त्यसकारण आत्माहत्या गर्ने प्रवासी मजदुर पनि छन .​प्रवासी मजदुरको ६० प्रतिशत ३० जना भन्दा कम मजदुर भएको सानो मझौला कम्पनिमा काम गर्दछन  । यस्तो कम्पनीमा मेशिन पुरानो र शुरक्षाको हिसाबले खतरा हुने गर्दछ  ।

प्रवासी मजदुरलाई शुरक्षा सम्बन्धि शिक्षा दिईदैन  मेशिनकामको बारेमा उचित ज्ञान नभई उनीहरुलाई तुरुन्तै बढी उत्पादन गर्न दबाब दिइन्छ मेसिनमा सुरक्षा सम्बन्धि उपकरण (सेन्सर) भए पनि उत्पादन कम हुने भएर प्रयोगमा ल्याईदैन उनीहरुलाई सुरक्षा भन्दा पनि साहुको नाफालाई बढी प्रथामिकता दिने भएर प्रवासी मजदुर धेरै औधोगिक दुर्घटनामा पर्ने र ज्यान गुमाउने गर्दछन ,गत महिना यांग्दकमा अक्टोपस प्रशोधन गर्ने कम्पनीमा बिषाधि ग्यासको कारण ४ जना प्रवासी मजदुरको मृत्यु भयो यहाँ कसैलाई पनि सुरक्षाको समान दिएको थिएन प्रवासी श्रमिक औधोगिक दुर्घटनामा परे पनि कम्पनिले बिमामा निबेदन नदिने ,उपचार खर्च नदिने ,बिमामा निबेदन दिए निस्कासन गरिने ,स्वदेश फिर्ता गरिदिन्छु भनि धम्कि दिने गर्दछन ।

सबैलाई औधोगीक दुर्घटना बिमामा कसरि निबेदन दिने भन्ने बारेमा राम्रो ज्ञान नहुने हुनाले सबै प्रवासी मजदुरले उचित बिमा सुबिधा र उचित उपचार गर्न नपाइ रहेको अवास्थाछ । प्रवासी मजदुर औधोगिक दुर्घटनामा परि मृत्यु हुनेको सख्या ६० प्रतिसतले वृद्धि भइ रहेकोछ  ।

तर पनि कम्पनीलाई ठुलो सजाय हुदैन त्यसकारण औधोगिक दुर्घटना दोहोरि रहेकोछ प्रवासी मजदुरको औधोगिक दुर्घटना निर्मुल पार्न स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न दिनु पर्ने, साहुलाई कडा कारबाही गर्नु पर्ने, सुरक्षा सम्बन्धि नियम कानुन कडा रुपमा पालना गर्न लगाउनु पर्ने, श्रम कार्यालयले नियमित कार्यस्थलको निरिक्षण गर्नु पर्ने, प्रवासी मजदुरलाई प्रवेश अगाडी र प्रवेश पछी काम र सुरक्षाको बारेमा पुरा शिक्षा दिनु पर्ने, त्यो कम्पनीमा काम गर्न नचाहेमा कम्पनि परिबर्तन गर्न दिनु नियम कानुनमा परिबर्तन गर्न माग गर्नुभयो ।प्रवासी मजदुरको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर हुनु पर्नेमा जोड दिनुभयो दुर्घटना घटेको समयमा मात्र चासो दिने होइनको सधै घटना दोहोरिन नदिन जिम्मेवारी पुर्बक काम गर्नु पर्यो भन्नुभयो ।

युवा मजदुरको अवस्थाको बारेमा कोरिया मजदुर शुरक्षा स्वास्थ्य अनुसन्धान अधिकारी ई सुक यनले प्रत्यक बर्ष  १ जना प्रशिक्षार्थिले ज्यान गुमाई रहेको छ, यिनीहरु सबै खतानाक कार्यस्थलमा बिना सुरक्षा सहेर काम गर्नु पर्नेछ, यिनीहरुको मृत्युमा कम्पनि, बिधालय जिम्मेवारी छ भन्नुभयो ।

भियतनाम नाबालक महिला मजदुरको स्थिति अनुसन्धानकर्ता हुआंग तु तुरांगले लामो समय काम ,महिला भएको कारणले गरिने भेदभाब, तलब, निस्कासनको खतरा यौनदुर्ब्यबहारबाट पिडितहरुको अवस्थाको बारेमा जानकारी गराएको थियो । १९८६ पछी आर्थिक बिकाश गर्दै गएको भेयतनाममा सामसंग (Samsung) लगायत कोरियाको बिभिन्न कम्पनिले लगानी गरेकोछ सम्पूर्ण मजदुर सख्यको ८.४ प्रतिशत (४५ लाख)मजदुर फाइबर, लत्ता कपडा, बिधुत समान उत्पादन गर्ने कम्पनिमा काम गर्दछन  ।

यी सबै ग्रामिण क्षेत्रबाट आउने कलिलो उमेरको महिला मजदुर हुन सबै भन्दा ठुलो समस्या त यो कलिलो उमेरको मजदुरलाई जवान मजदुरकै जस्तो स्थितिमा (Working condition)काम गर्नु पर्ने अवस्था हो  महिनामा ३० घण्टा अतिरिक्त (OT) काम लगाउन पाउने समय तोकिए पनि १०० घण्टा भन्दा बढी काम लगाइन्छ बिधुत कम्पनिमा काम गर्ने मजदुर कामको बोझले गर्भपतन हुने गर्दछन तर यसलाई साधारण रुपम लिइन्छ मजदुर युनियनलाई यसको बारेमा बार्ता गर्ने हड्ताल गर्ने अधिकारबाट बन्चित गराइएको छ भन्नुभयो ।

यस्तै मलेसिया उद्योग सुरक्षा स्वास्थ्य बिशेषज्ञ जयवाल्लाले मलेसियामा प्रवासी मजदुर महिला गर्भवती भएमा जबर्जस्ति स्वदेश फिर्ता पठाइन्छ बच्चा जन्माउदा बढी खर्च लाग्ने भएकोले हो मलेसियाको सम्पूर्ण मजदुर सख्याको १६% प्रवासी मजदुर छन तर औधोगिक दुर्घटनामा पर्ने मजदुर मध्ये ४७% प्रवासी मजदुर  हुन्छन मलेसियामा प्रवासी मजदुरको अवस्था कस्तो होला यसैबाट अनुमान गर्न सकिन्छ भन्नु भयो - प्रवासी मजदुर समुहको कार्यक्रमको अन्त्यमा घोषणा पत्र जारी गर्दै कोरियन सरकारले प्रवासी मजदुरको बिना अधिकारको इपिएस खारेज गरि स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउने डब्लुपीएस लागु गर्ने पर्ने, प्रवासी मजदुरको सूचना सम्बन्धि अधिकार सुनिस्चित हुनु पर्ने, उपचार गर्न पाउने अधिकार, शुरक्षित र स्वास्थ्य रुपम काम गर्ने अधिकार, कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने माग गरि कार्यक्रम समापन गरिएको थियो  ।

 
 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...