1478958692 banner ad format

 
 

खोटाङ। वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । 
Kuwait foreign jobs
रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । 

क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । “कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।” 

यसअघि कुवेतमै ज्यान गुमाएका साकेला गाउँपालिका–५ मात्तिमका चन्द्रवोल राईका परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख १० हजार २२० क्षतिपूर्तिबापतको रकम उपलब्ध गराइएको हो । 

प्रकासित मिति

Loading...

 

  • Kantipathnews News Of Nepal drkc

    डा. केसीले आज अनसन तोड्ने !

    सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । केसीलाई अन ...

  • Kantipathnews News Of Nepal appartment

    गरिबका लागि बनेका अपार्टमेन्ट प्रयोगविहीन

    सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोडभन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोगविहीन ...

  • Kantipathnews News Of Nepal bam-karyadal-mapdand

    मुख्य मन्त्रीमा क-कसको दाबी ?

    वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र ...

yummyfood