1478958692 banner ad format

 
 

कोरियमा रहेको सम्पूर्ण प्रवासी मजदुरहरुको कोरियन सरकारको सम्बन्धित निकायमा दर्ता भएको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन (एमटियु)ले बिभिन्न समयमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।

udaya rai koiya

यसै अनुरुप यहि महिना(नोभेम्बर)को १९ तारिक आइतबार दिनको २ बजे फ्यंगथेक स्थित (रेल लाइन न १ फ्यंगथेक स्टेशन गेट न २) केसिटियुको कार्यालयमा यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,कोरियन सरकारले आउदो ५ बर्षकोसम्मलागि बनाउन लागेको प्रवासी आधार नीति ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन , प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि , नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक कार्यक्रम गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन सुचित गरिन्छ ।

 

उक्त शिक्षिक कार्यक्रममा अनुभबी वकिल पनि आउनु हुने कुरा जानकारी गराउद छौ ।

मिति :२०१७ नोभेम्बर १९ तारिक आइतबार . समय : दिनको २ बजे

स्थान : ख्यंगी फ्यंगथेक केसिटियु शाखा कार्यालयको हल (रेल लाइन न १ फ्यंगथेक स्टेशन गेट न २ बाट ५ मिनट , वोंफ्यंग नुंगमिन मार्ट दोश्रो तला ) (원평농민마트)

सम्पर्क : उदय राई ०१०-५६७५-२०११ मधुसुदन ओझा ०१०-३०४६-२९८४

 

प्रकासित मिति

Loading...

 

yummyfood