1478958692 banner ad format

 
 

कोरियामा सरकारी कर्मचारी र मजदुर बिच सरकारी  बिदामा भेदभाव । मजदुरलार्इ पनि तलबी बिदा दिन केसीटियु (KCTU)द्वारा माग ।

दक्षिण कोरिया आर्थिक समन्वय र बिकाश संघ (OECD)को ३४ वोटा सदस्य राष्ट्र मध्ये मजदुरले सबै भन्दा लामो समय काम गर्ने राष्ट्रमा दोस्रोमा पर्दछ । पहिलोमा मेक्सिको पर्दछ कोरियामा एक मजदुरले  OECD को तथ्यांक अनुसार औषत बार्षीक २१ सय २४ घण्टा काम गर्दछन।

OECD को ३४ वोटा सदस्य राष्ट्र मध्ये मजदुरले सबै भन्दा कम समय काम गर्ने देश जर्मन हो । जर्मनी मजदुरले बर्षमा औषत १ हजार ३ सय ७१ घण्टा काम गर्दछन । धेरै काम गर्ने देशको रुपमा परिचित देश जापानमा मजदुरहरुले बर्षमा १ हजार ७ सय २९ घण्टा काम गर्दछन भने अमेरिकामा मजदुरले १ हजार ७ सय ८९ घण्टा काम गर्ने गरेको पाइएको छ ।

press korean migrant labor1 kantipathnews min

यस अनुसार कोरियामा मजदुरहरु जर्मन मजदुर भन्दा बर्षमा ४ महिना, अमेरिकाको मजदुर भन्दा ४७ दिन र जापानको मजदुर भन्दा ४४ दिन बढी काम गर्दछन। OECD को सदस्य राष्ट्र मध्ये सबै भन्दा थोरै समय सुत्ने र आराम गर्ने मजदुर कोरियाको हो। प्रयाप्त आराम गर्न नपाउनाले धेरै गम्भीर औधोगिक दुर्घटना हुने र मृत्यु हुने देश पनि कोरिया नै हो ।

मजदुरले स्वभाबिक रुपमा आराम गर्नको लागि पाउने सरकारी बिदा (क्यालेन्डरमा लेखिएको रातो बिदा )कोरियामा सबै मजदुरले समान रुपमा तलबी बिदाका रूपमा पाउदैन । मजदुर कानुन अनुसार बिदा बसे बापत पाइने तलबी बिदा भनेको हप्तामा १ पटक पाउने साप्ताहिक बिदा र अन्तर्राष्ट्रिय मजदुर दिवस ( May day )को दिन दिने बिदा मात्रहो ।

अन्य दिनमा बिदामा बसेमा आफ्नो बार्षिक बिदाबाट कटाउने वा बेतलबी बिदा लिनु पर्ने हुन्छ कि मजदुर सगंठन भएको कम्पनीमा मजदुर संगठन र कम्पनी बिच सम्झौता भएमा सम्झौता अनुसार सबै बिदा तलबी बिदा लिन सकिन्छ नत्र भने माथि खुलाइएको २ दिन बाहेक तबली बिदा पाउने कानुनी व्यवस्था छैन ।

korean migrant labor kantipathnews1 min

सरकारी बिदा (रातो बिदा ) सम्बन्धि नियमावली अनुसार सरकारी बिदा सरकारी कर्मचारीले मात्र लिन पाउने बिदा हो भनि व्यवस्था गरिएको हुनाले मजदुरको हकमा कानुनी रुपमा मान्यता प्राप्त तलबी बिदा होइन ।

कोरियामा साना तथा मझौला कम्पनीमा काम गर्ने मजदुर भएको कारणले सरकारी बिदाको दिन बिदा लिन चाहेमा आफ्नो बार्षिक बिदा बाट कटौती गर्नु पर्ने हुन्छ । नत्र मजदुरले बेतलबी दिदा लिनु पर्ने हुन्छ । कोरियामा बर्षमा १५ दिन तलबी बिदा दिने कानुनी व्यवस्था छ ।

यसरी मजदुरहरुले सरकारी बिदाको दिन आफ्नो बार्षिक बिदा कटाएर बिदा लिनु पर्ने ,लामो समय काम गरेर हुने असर घटाउन ,ढुक्क भएर सरकारी बिदालाइ तलबी बिदा लिन पाउन सरकारी बिदा (रातो बिदा )लाइ तलबी बिदा बनाउन कानुन बनाउन माग गर्दै कोरियन प्रजातन्त्रिक मजदुर महासंघ (केसीटियु)ले आज सेप्टेम्बर ५ तारिक संसद भवन अगाडी पत्रकार सम्मेलन गरेको थियो

बिश्वको मुख्य देशहरुमा १० देखि १५ वटा कानुनले सुनिस्चित गरेको बिदाहरू सबै जनताले लिन पाउनेछन । तर कोरियामा ४४ प्रतिसत अस्थाई मजदुरलाइ सरकारी बिदा सम्बन्धि नियम लागु नभएको अवस्था छ ।

२०१७ को कोरियाको क्यालेन्डरमा १५ दिन रातो बिदा छ तर संसारको सबै भन्दा लामो समय काम गर्नु पर्ने कोरियन मजदुरकोलागि यो कुरा अर्को संसारको कुरा मात्रहो । २०१७ को जनवरी ३० को कोरियन नया बर्षको बिदामा यो बिदाको सट्टामा लिने अर्को बिदा(बार्षिक वा अन्य) नभएर ३०० जना भन्दा कम मजदुर भएको कम्पनीको ५०% मजदुरहरुले यो बिदा लिन पाएनन ।

जति सानो कम्पनी त्यति मजदुरहरु बिदाको अधिकारबाट बन्चित हुदै गैरहेको छन । मुख्य समस्या भनेको को बिदा लिन चाहेपनि लिन नपाउनु हो ।

बिगतको १९ औ संसद र अहिलेको २० औ संसदमा मजदुरहरुको बिदाको हक सुनिस्चित गर्न सरकारी बिदालाइ तलबी बिदाको रुपमा कानुनी मान्यता दिन कानुन बनाई संसदमा पेश गरे पनि पारित हुन सकेको छैन। कानुन पारित नहुनुमा सरकारले संसदलाइ र संसदले सरकारलाई दोष लगाई रहेको अवास्थामा मजदुरको हृदय जलिरहेको छ ।

राष्ट्रपतिको गत चुनाबमा सबै पार्टीले मजदुरकाे काम गर्ने समय घटाउने आफ्नो योजना सार्बजनिक गरिसकेका छन । अब सरकार ,संसदले गरेको प्रतिबद्धतालाइ पुरा गर्नु पर्छ भन्ने माग केसीटियुले गरेको छ। केसीटियुले प्रेस बिज्ञप्ति जारी गरी यो माग सार्बजनिक गरेको छ ।

उदय राई , दक्षिण कोरिया

प्रकासित मिति

Loading...

 

yummyfood