1478958692 banner ad format

 
 

मधुसुदन ओझा दक्षिण कोरिया - प्रवासी मजदुर संगठन (एमटियु)ले कोरियाको ख्यंगीदो उइजंगबुमा प्रवासी मजदुरको स्वइच्छाले कम्पनी परिबर्तन र छनोट गर्न पाउने लगायतको हक अधिकार हनन गर्दै लागु गरिएको रोजगर अनुमति प्रणाली (इपिएस) खारेज गरी डब्लुपीएस लागु गर्नु पर्ने ,कृषि क्षेत्रको मजदुरलाई पूर्ण तलब ,बिदा लगायतको सुबिधाबाट बन्चित गराउने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने ,काम गर्ने उमेरको हद हटाउनु पर्ने ,समान ज्याला पाउनु पर्ने ,सबै प्रवासी मजदुरले समान रुपमा प्रवेश गर्न पाउनु पर्ने ,बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई भिषा दिनु पर्ने ,परिवार ल्याउन पाउनु पर्ने लगायतको माग गर्दै (अक्टोबर २९ तारिक २०१७) आयोजना गरेको कार्यक्रम (र्‍याली ) सम्पन्न भएको छ।

 

Madhusudan Ojha South Korea

 

कार्यक्रमलाई सम्बोधन गर्दै एमटियुका अध्यक्ष उदय राईले प्रवासी मजदुरहरु कोरिया आउदा जुन किसिमको सोचाई लिएर आएको छन त्योसग मेल नखाने कोरियामा कार्यस्थलको स्थिति र उनीहरुलाई गरिने व्यवहारहरु छन कोरियन जनता र कम्पनी मालिकले प्रवासी मजदुरहरुले यहाँ शुखमय जीवन बिताई रहेको छन भनि सोचे पनि बास्तबमा त्यस्तो नभएको र प्रवासी मजदुरको पिडा प्रवासी मजदुरलाई मात्र थाहा भएको कुरा बताउनु भयो । अध्य्क्ष राईले प्रवासी मजदुरहरु गरिब देशबाट आएको भनि भेदभाब गर्न नहुने ,देशको आर्थिक स्थिति अनुसार मानब तथा मजदुर अधिकार संसारको कुनै ठाउमा पनि फरक हुन सक्दैन ।

 

जहाँ गए पनि सबैको मानब तथा मजदुर अधिकार सुनिस्चित हुनु पर्नेछ । स्वइच्छाले कम्पनी परिबर्तन गर्न नपाउने नियम भएकोले कम्पनीको दबाब सहन नसकेर प्रवासी मजदुरहरु आत्महत्या गर्न बाध्य छन । धेरैले प्रसंशा गर्ने देशमा प्रवासी मजदुर यसरि ज्यान गुमाई रहको छन तर कोरियन सरकारले यसबारे बेवास्था गरिरहेको अवस्था छ कृषि क्षेत्रको प्रवासी मजदुर प्रति गरिने शोषण दमन बयान गरि नसक्नु छ । बुन जे इन सरकारले राज्य संचालनमा मानब अधिकारलाइ बिशेष ख्याल गरिनेछ भने पनि त्यसको भान प्रवासी मजदुरले गर्न नपाएकोले यो सरकारले प्रवासी मजदुरको हक अधिकार सुनिस्चित हुने डब्लुपिएस लागु गर्न माग गर्नु भएको थियो ।

कार्यक्रममा बंगलादेशको प्रवासी मजदुर रहमानले इपिएसको कारण प्रवासी मजदुरले धेरै कस्ट भोग्नु परेको ,साहुको गल्तिको कारण प्रवासी मजदुर मर्कामा परेको (साहुले गल्ति गरेर सजाय पाएको अवस्थामा मजदुर राख्न नपाउनाले नचाहेर पनि प्रवासी मजदुरले भिषा गुमाउनु परेको ,पुन आउन नपाएको) कुरा बताउनु भयो ।

प्रवासी मजदुर (नेपाल) विपिनले स्वस्थ्यको कारण त्यो कम्पनीमा काम गर्न नसक्ने भएको अवस्थामा पनि जबर्जस्ति काम गर्नु परिरहेको छ स्वास्थ्य दिन प्रतिदिन बिग्रिदै गएको छ साहुलाई कम्पनी परिबर्तन गर्छु भन्दा सम्झौता अवधिसम्म काम गर्नु पर्छ नत्र देश फिर्ता पठाई दिने भनि धम्कि दिन्छ वास्तविक इपिएस के हो यहाँ आएर भोग्दैछु यो प्रणाली चाडो भन्दा चाडो खारेज गरि डब्लुपीएस लागु हुनु पर्छ भन्नु भयो ।

अध्ययन गर्न आएका नेपाली बिध्यार्थी नारायण मायाले कोरियामा नस्लाबादले सिमा नाघेको कुरा बताउनु भयो । अफ्रीकाबाट आएको मैले चिनेको साथीहरुलाई अति भेदभाब गर्ने ,खान खादा सगै बस्न नदिने ,एकदिन अफ्रिकन मित्रले कोरियन सहकर्मीलाई तपाइको गाडीमा राखेर लगी दिनुहोस भनेर आग्रह गर्दा त जस्तो कालेलाइ मेरो गाडीमा राख्छु भन्ने जवाफ दिएको ,अर्को महिला साथीलाई अफ्रिकन भएकै कारण १० दिनसम्म काम दिन्छु भनि लगातार बोलाएर अन्तिममा काम नदिएको ,कोरियमा कतिसम्म रंगभेद छ भन्ने कुरा कोरियनको यस्तो ब्यबहारले दर्शाउछ भन्नु भयो साथै कोरियनको ब्यबहार र सोचाइमा परिबर्तन हुनु पर्छ भन्नु भयो।

कार्यक्रममा विधिन्न देशको प्रवासी मजदुरहरु ले सहभागीता जनाएका थिए। अर्को कार्यक्रम (र्‍याली ) नोभेम्बर १२ तारिक सउलमा भब्यता का साथ गर्ने घोषणा गर्दै कार्यक्रम समापन गरिएको थियो।

प्रकासित मिति

Loading...

 

yummyfood