1478958692 banner ad format

 
 

सौल। काेरिया ।  महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई कोरियामा कार्यरत नेपाली जागरुक युवाहरुको समुहले  रु .१४ लाख बराबरको अार्थिक सहयोग रकम हस्तान्तरण गरेको छन l

mahavirpun2 kantipath.com min

आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका, समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान " 'स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान " को पहलमा संकलित उक्त रकम  पत्रकार रबि लामिछानेको बिशेष उपस्थितीमा  राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष समेत रहनुभएका समाजसेवी महाबिर पुनलाई शुक्रबार हस्तान्तरण गरिएको थियाे ।

बैज्ञानिक क्षेत्रमा खोज अनुसंधान गर्ने नेपाली बिधार्थीलाइ सहयोग गर्ने उदेश्यका साथ डा.महाबिर पुनको संयोजकत्वमा खोलिएको राष्ट्रिय आविष्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचारहरू बिभिन्न मिडियामा प्रकाशित भैरहेका छन । यसैकाे अाधारमा उक्त अधियानलार्इ सहयाेग गर्न कोरियामा रहेका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए l

mahvirpun kantipath.com min

करिब डेढ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच संयोजक तथा अभियानकर्ता सर्बजित शाहको प्रत्क्षय उपश्थितिमा हस्तान्तरण गरिएको हो l हस्तान्तरण कार्यक्रममा संयोजक शाहले सम्पूर्ण सहयोगी दाताहरुलाई बिशेष धन्यवाद प्रकट गर्दै यसरि राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्र लाइ सहयोग गर्न पाउदा खुसि लागेको बिचार व्यक्त गरे l

रोजगारिका लागि कोरियामा आएका केहि राष्ट्रप्रेमि सचेत नागरिक सर्कल हरु द्वारा खोलिएको "स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपालि एकता अभियान " ले यसभन्दा पहिला पनि धुर्मुस सुन्तली फाउन्डेसनलाइ रु १२ लाख बराबरको आर्थिक सहयोग गरेको अभियन्ता अरुण श्रेष्ठ (EPS Chingu) ले बताएका छन ।

पछिल्लो पटक नेपालमा गएको बाढी पहिरो बाट घरबार बिहिन परिवारलार्इ पहिलो चरणको तत्काल राहत वितरणगरि बचेको रकम लार्इ न्युज २४ को सकृयता केहि बाढी प्रभावितहरुको लागि निर्माणाधिन आवशलाइ रु. २ लाख १० हजार बराबरको आर्थिक सहयोग पनि शुक्रबारकै कार्यक्रममा हस्तान्तरण गरिएको अभियान्ता युबराज घिमिरेले बताए l

mahavirpun5 kantipathnews min

स्वतन्त्र राष्ट्रप्रेमि अभियानका संयोजक अभियान्ता रामदत्त जोशीले कृतज्ञता प्रकटगर्दै भन्नुभयाे "राष्ट्रनिर्माण ,भावि पुस्ताको भविष्य निर्माण र प्रत्यक्ष राष्ट्रियतासँग सम्बन्धित बिषयमा हाम्रो यस अभियानले लिने गरेको चासो दिने गरेको समय र निर्वाह गर्ने गरेको उत्तरदायित्व र कर्तव्यबोध लाइ तन,मन ,बचन र धनले खुलेर साथ ,सहयोग ,हौसला र माया दिनुहुने देश तथा बिदेश गरि संसारभरि छरिएर रहनुहुने र खासगरि कोरियामा रहनु हुने नेपाल आमाका हरेक सन्ततिहरु प्रति हामि सदैब कृतज्ञ छौँ । "

राष्ट्रिय आविस्कार केन्द्र निर्माण अब अाफु सहित ३ करोड नेपालिहरुको साझा सपना बनिसकेकोले यो सपना साकार होस र त्यो पनि श्रद्धेय अग्रज, हामि सबै नेपालिहरुका आशा र भरोसाका केन्द्र महाबिर पुनकै नेतृत्व र कार्यकालमा संपन्न होस भन्ने सबै अभियानकर्ता र सहयोगी, कोरियामा रहेका नेपालिहरुको तर्फबाट शुभकामना सहितको धारणा अभियानका आर्थिक संकलन संयोजक एल. बि. श्रेष्ठले ब्यक्त गर्नु भएकाे थियाे।

याे सहयोग संकलनमा कोरियामा रहेको विभिन्न ग्रुप(समूह)हरुको पनि संयुक्त सहकार्य रहेको बारे अभियन्ता बिस्व श्रेष्ठले प्रकाश पार्नु भएकाे चियाे ।

यसरि देश विदेश बाट संकलित रकमलाई जलबिधुतमा लगानी गरि आएको प्रतिफल बाट आविष्कार केन्द्र लाइ थप मजबुत र दिगो बनाउने केन्द्रका संयोजक महाबिर पुनले बताउनुभयाे ।

 

 

 
 
 

 
  •  

प्रकासित मिति

Loading...

 

yummyfood