Hidden
मलेसियाबाट एकैदिन आए १८ शव
बैदेशिक रोजगारीको सिलसिलामा मलेसीया पुगेर ज्यान गुमाएका १८ जना नेपालीको शव आज नेपाल ल्याइएको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत मलेसियामा विभिन्न समयमा मृत्यु भएका १८ जनाको शव र एक जनाको अस्तुसहित १९ जनाको शव नेपाल ल्याइएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।
निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...