1478958692 banner ad format

 
 

 कोरियामा कार्यरत सम्पूर्ण देशको प्रवासी मजदुरहरुको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन (एमटियु)ले कोरियामा रहेको प्रवासी मजदुरको हक अधिकार , भेदभब पूर्ण नियम कानुनको खारेज, सुधारको बिषयलाई लिएर बिभिन्न गतिबिधि हरु गर्दै आइरेहेको छ ।

Migrant labor koriya

कोरियन सरकारले प्रवासी मजदुरको अधिकारलाई भन्दा कम्पनीको पक्षलाइ प्राथमिकता दिई लागु गरेको नियम कानुनले गर्दा प्रवासी मजदुरहरु शोषित पिडित हुनुको साथै बिभिन्न किसिमको समस्याहरु भोग्नु परिरहेको अवस्था छ तर हामी प्रवासी मजदुरहरु किन यहाँ शोषित पिडित हुदैछौ ?

यसको करणको बारेमा हामी सबै प्रवासी मजदुरहरु जानकार छैनौ कारण यसको बारेमा हामी बुझ्ने कोशिस गर्दैनौ नियम कानुन बनाएर लागु गर्ने सरकार राम्रो त्यहि कानुन पालना गर्ने कम्पनी मालीक मात्र नराम्रो भन्ने सोचाई भएकोले गर्दा हो । यी समस्याहरुको समाधानको उपाए २ किसिमको छ (क) स्थाई (ख) अस्थाई एमटियुले स्थाई रुपमा समस्या समाधानकोलागि गतिबिधि गर्ने अनि सवै प्रवासी मजदुरलाइ सहभागी हुन आव्हान गर्दछ।

सगठित भई कोरियन सरकारलाई दबाब दिनु पर्ने हुन्छ नियम कानुन परिबर्तन गर्नु पर्ने हुन्छ । तर कोरियामा रहेको ९९ प्रतिशत प्रवासी मजदुरहरु समस्याको स्थाई समाधान गर्ने बाटो खोज्नु भन्दा समस्याको समाधानको अस्थाई बाटोहरु रोज्न रुचाउनु हुन्छ (एउटा कम्पनीमा भनसुन बिन्ति भाउ गरेर एक जनाको समस्या समाधान होला तर अर्को कम्पनीमा फेरि दोहोरिन्छ) यसकोलागि प्रवासी मजदुर सगठन (एमटियु) को कार्यालयमा सम्पर्क गर्ने ,पदाधिकारी ,कार्यकर्ताहरुलाई फोन मार्फत सम्पर्क गर्ने ,सोधपुछ गर्ने ,समाधानकोलागि पहल गर्न आग्रह गर्ने गर्नु हुन्छ।

एमटियु कार्यालयको साथै पदाधिकारी,कार्यकर्ताको व्यक्तिगत फोनमा सबै प्रवासी मजदुरहरुले गर्नु भएको फोनहरु उठाएर सकेसम्म उहाहरुको जिज्ञासाको बारेमा जवाफ दिने गरिएको छ तर कार्यालयको कामको कारण कार्यालय बाहिर गएको अवस्थामा , पदाधिकारी ,कार्यकर्ताको व्यक्तिगत व्यस्तताको कारण कति फोनहरु उठाउन नसकिएको अवस्थाहरु पनि छन यसबाट यहाहरुलाई पर्न गएको असर प्रति हामी क्षमा प्रार्थी छौ यदि एमटियु कार्यालय,पदाधिकारी ,कार्यकर्ताहरुको फोनमा सम्पर्क हुने नसकेमा कार्यालयसम्म आउनु भएर सेवा लिनु हुन सबै देशको प्रवासी मजदुरहरुलाई हार्दिक अनुरोध गर्दछौ एमटियु यहाहरुको सेवामा सधै समर्पित छ फोनको मध्यमबाट सबै समस्या समाधान प्राय असम्भब पनि हुनेछ भनिन्छ जुन चिज प्रयोग गरिन्छ त्यसको संरक्षण गर्न पनि जरुरि हुन्छ यो कुरा पनि तपाई हामीले नभुलौ कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म अनि कार्यालय आईतबारदेखि शुक्रबारसम्म संचालन हुनेछ प्रवासी मजदुर मित्रहरुले निम्न फोन नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ फोन गर्दा आफ्नो पूर्ण परिचय दिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ। कार्यलय : 02-2285-6068 उदय राई :010-5675-2011 मधुसुदन ओझा :010-3046-2984 कार्यालय ठेगाना : सउल रेल लाइन न ३ बुल्ख्वांग स्टेसन गेट न २

प्रकासित मिति

Loading...

 

yummyfood