1478958692 banner ad format

 
 
प्रवासी मजदुरहरुको आफ्नो हकअधिकारको उपयोग गर्दै सन् २००५ मा प्रवासी मजदुर स्वयमले स्थापना गरेको स्वतन्त्र प्रवासी मजदुर संगठन (एमटियु ) ले हिजो जुन २५ तारिक आइतबार कोरियाको ख्यांग्गी सुवनमा कोरियन सरकार समक्ष बिभिन्न मागहरु( स्वइच्छाले कम्पनी परिबर्तन, न्युनतम ज्याला प्रति घण्टा १० हजार वोन लगायतको )राख्दै आयोजना गरेको र्‍याली सम्पन्न भएको छ ।
 
Migrant Workers MTU
 
 
एमटियु सधै कोरियामा रहेको प्रवासी मजदुरहरुको हक अधिकारको निम्ति बिभिन्न ठाउमा दबाबमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी मजदुर संगठन (एमटियु ) अध्यक्ष उदय राईले भन्नू भयो कोरियाले मजदुरको अभावको कारणले प्रवासी मजदुर भित्र्याई रहेको छ भने प्रवासी मजदुरहरु पनि पैसा कमाउनकोलागि यहाँ आएर काम गरिरहेको अवास्था छ ।
 
यस्तो अवस्थामा कोरियन र प्रवासी मजदुर दुवै पक्ष सफल हुने नियम कानुनहरु लागु गर्नु पर्नेमा त्यसो भई रहेको छैन कानुन एकतर्फी छ नियम कानुन सुधार गर्नु भन्दा पनि अझ कठिन बनाइ प्रवासी मजदुरहरुको काम गर्ने स्थिति जटिल बनाउदै गइ रहेको छ । राम्रो कानुन बनाउनु त कता हो कता कम्पनी र सम्बन्धित सरकरी निकायबाट प्रचलित कानुन पालना नगरेको अवस्था छ ।
 
जसले गर्दा कम्पनीमा बिभिन्न किसिमको समस्याहरु प्रवासी मजदुरले भोग्नु परिरहेको अवस्था छ कम्पनी शुरक्षा ,स्वास्थ्य सम्बन्धि कानुनको सहि पालना नगर्ने र श्रम विभागको कर्मचारीले कम्पनीको सुरक्षा सम्बन्धि विषय लाई लिएर उचित अनुगमन नगर्नाले दिनानु दिन प्रवासी मजदुरले ज्यान गुमाई रहेको छ ।
 
औधोगिक दुर्घटनाबाट बर्षमा लगभग १०० प्रवासी मजदुरले ज्यान गुमाउने र ६ हजार औधोगिक दुर्घटनाबाट घाइते हुने गरेको छ । प्रवासी मजदुरहरु आफ्नो जीवन कहिले के होला भन्ने तारास मान्दै काम गरिरहेको छन यस्तो कम्पनीलमा घटनाको बारेमा सहि छानबिन साथै दोषीलाई कारबाही नगरी कम्पनी संचालन गर्न दिई रहेको अवस्था छ ।
 
प्रवासी मजदुर पठाउने देशको सरकारको प्रतिनिधिहरुले पनि कुनै दुर्घटना भएमा वा समस्या उत्पन्न भएमा त्यसको सहि छानबिन नगरी सबै दुर्घटनाको वा समस्याको दोष प्रवासी मजदुर माथी थोपर्ने गरिएको छ । यो ज्यादै दुख लाग्दो कुराहो सम्बन्धित देशको सरकार ,राजदुताबासले प्रवासी मजदुरको हक अधिकार सुनिस्चित हुने नियम कानुन बनाउन कोरियन सरकारलाई दबाब दिनु पर्ने छ ।
 
प्रवासी मजदुरहरुले समस्या समाधानको माग गर्दै धेरै संघर्ष गर्दै आइरहेको छन।अहिलेको नया सरकारले प्रवासी मजदुरको हक अधिकार हनन गर्ने ईपीएस खारेज गरि डब्लुपीएस लग लागु गर्नु पर्छ।यो कोरियामा रहेको सबै प्रवासी मजदुरहरुको माग हो भन्नु भएको थियो। यसै क्रममा केसीटियु ख्यंगी क्षेत्रिय कार्यालयको अध्यक्ष यांग ख्यंग सु ले भन्नू भयो सबै मजदुरहरु समान हुन् तर सरकारले बिभिन्न बाहानामा फरक कानुन बनाई भेदभाब गरिरहेको छ यो केसीटियुलाइ मान्य हुने छैन ।
 
नाजुक अवस्थामा काम गर्ने प्रवासी मजदुरको पक्षमा केसीटियु शसक्त रुपमा संघर्ष गर्दै आईरहेको छ । ओसान प्रवास केन्द्र तथा फिलिपिन कासामाको समितिको अध्यक्ष जोन्स कालांगले हामी अहिले अस्थाई मजदुर नीतिको खारेज गरि सबैलाई स्थाई गर्नकोलागि माग गरिरहेको छौ । १० हजार वोन प्रति घण्टा तलब हुनु पर्छ भनि रहेको छौ । यो सबै प्रवासी ,कोरियन मजदुरको सहज जीविकोपार्जन र स्थाई रुपमा काम गर्न पाउनको लागि हो ।हामी सबैले दबाब दिनु पर्ने हुन्छ ।
 
कोरियाले शुरुमा औधोगिक प्रशिक्षण प्रणाली लागु गर्यो प्रवासी मजदुरहरुले यसको खारेजीकोलागि संघर्ष गरे , त्यस पछी इपीएस लागु भयो यो प्रणालीले मजदुरको भन्दा कम्पनी मालिकको अधिकार मजबुद गरेको हुनाले हामी अहिले यसको खारेजीको माग गर्दै संघर्ष गरिरहेको छौ । तपाइहरुले कोरियाको प्रवासी मजदुरको संघर्षको इतिहास एक पटक हेर्नु होला ।
 
परिवर्तन यहाकै संघर्षबाट भएको हो र अब हुनेछ भन्ने कुरा बताउनु भएको थियो। एमटियु सदस्य कृष्ण पौडेलले कम्पनीले जबर्जस्ति काम लगाउने ,तोकिएको समय भन्दा बढी काम गरेको ज्याला नदिने ,कुटपिट गर्ने गर्दछ । यसको सम्बन्धित निकायबाट सुनुवाई हुनु पर्यो । हामी मात्र होइन यस्तो समस्या भोग्ने प्रवासी मजदुरहरु कोरियामा धेरै छन।
 
कोरियन सरकारले इपिएस खारेज गरि डब्लुपीएस लागु गर्न माग राख्नु भएको थियो। कम्बोडियाको प्रवासी मजदुर दिनानले कम्पनीले हामीलाई गर्ने व्यवहार ज्यादै निच भएको ,बिरामी हुदा पनि उचित उपचार नगरिदिने ,बिदा नदिने गर्दछन । नीति नियम चाडो सुधार गरी समस्या समधान चाडो गर्नु पर्ने माग राख्नु भएको थियो । कार्यक्रममा थासान मानब अधिकार केन्द्रको प्रतिनिधि ,सुवन प्रवासकेन्द्र ,केसिटियु ख्यंगी कार्यालय विभिन्न देशको प्रवासी मजदुरहरुको सहभागिता थियो ।आउदो र्‍याली जुलाई २३ तारिक आइतबार इन्छन पुफ्यंगमा आयोजना गरिने छ ।
 
मधुसूदन ओझा प्रचार प्रसार बिभाग एमटियु

 

 

प्रकासित मिति

Loading...

 

yummyfood