1478958692 banner ad format

 
 

कोरियामा २ करोड मजदुरहरु छन यस मध्ये १० लाख प्रवासी मजदुरहरु छन् कोरियामा मजदुरको अभाबको कारण प्रवासी मजदुरको शख्या दिन प्रतिदिन बृद्दी हुदै गैरहेको छ प्रवासी मजदुर संगठन (एमटियु )ले बिभिन्न माग राखी अन्तर्राष्ट्रिय मे दिवस (प्रवासी) अप्रिल ३० तारिक सउलमा मनाउन गई रहेको छ कोरियामा हक अधिकारको हिसाबले प्रवासी मजदुरको अवस्था नाजुक छ प्रवासी मजदुरको हकमा कम्पनी परिबर्तन र छनोट गर्न पाउने ,मजदुर ३ अधिकार पूर्ण रुपमा उपयोग गर्ने अधिकारबाट बन्चित छन ।

Migrant Workers Organization

जसले गर्दा कम्पनीमा जबर्जस्ति काम गर्न बाध्य गराएको छ प्रवासी मजदुरहरु लाई उनीहरुले कानुन बमोजिम पाउने सेवा सुबिधा नदिएको अवस्था छ कोरियन सरकारले मजदुर कानुनको उलंघन गर्दै नीति नियम ,निर्देशिका बनाई रहेको अवस्था छ हालै मात्र प्रवासी मजदुरले कम्पनीले खाने बस्नेको व्यवस्था गरिदिएमा त्यसको खर्च बापत तलबको बढीमा २० प्रतिसत दिनु पर्ने निर्देशिका बनाएको छ यो कोरियामा प्रवासी मजदुरले पाउने तलबको तुलनामा ज्यादै बढी हो कुनै पनि सम्झौता गर्दा २ पक्षको उपस्थिति र सहमतिमा गर्नु पर्छ भन्ने छ तर प्रवासी मजदुरको हकमा यो नियम पालना नगरिएको अवास्था छ ।

Migrant Workers Organization 2

थेजिकगुम पाउनेको लागि कोरिया छोड्नु पर्ने अवस्था छ जुन कानुन बिपरित छ समान काम समान ज्यालाको नियम लागु गरिएको छैन। इपीएसमा सम्पूर्ण अधिकार कम्पनी मालिक लाई भएको कारणले कार्य अवधिभित्रै भिषा गुमाउन बाध्य छन प्रवासी मजदुरहरु यसको दोष प्रवासी मजदुरलाइ दिइन्छ यी र यस्तै बिभिन्न समस्या समाधान गर्न सबै एकजुट भई सरकारलाई दबाब दिनु पर्ने हुन्छ ।

त्यसकारण ३० तारिक निम्न स्थान र समयमा एमटियुले मनाउन गईरहेको अन्तर्राष्ट्रिय (प्रवासी) मे दिवसमा सबै देशको प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

१८८६ मा अमेरिकामा पुजीपतिहरु मोजमस्ती गर्ने हिराको दात लगाउने , १०० डलरको नोटमा सुर्ती बेरेर खाने गरेर हिडिरहेको अवस्थामा मजदुरहरु चाहिँ १२ देखि १६ घण्टासम्म काम गरेर हप्तामा ७/८ डलर ज्याला पाउदथ्यो उनीहरुले पाएको ज्यालाले थोत्रो घरको महिनामा १०/१५ डलर भाडा तिर्न मुस्किल हुने दासको जस्तै जीवन यापन गरिहेका थिए।

Migrant Workers Organization 3

यस्तो अवस्थाबाट मुक्ति पाउने अमेरिकी मजदुरहरुले काम गर्ने समय ८ घण्टा हुनु पर्छ भन्ने माग राख्दै आमहडतालमा उत्रिए कम्पनीमा मेसिनको आवाज ,औजारको आवाज सुनिन छाड्यो ,मेसिनको धुवाहरु देखिन छाडे ,गाडी चालकले गाडीहरु चलाउन बन्द गरे पसलहरु बन्द भयो मजदुरले हात चलाएन भने बिश्व ठप्प हुन्छ भन्ने कुरा प्रमाणित गराई दिए ।१८८९ जुलाईमा मजदुर आन्दोलनको नेताहरुले दोश्रो अन्तर्राष्ट्रिय दिबसको अवसरमा ८ घण्टा काम गर्ने समय हुनु पर्ने माग राखी सघर्ष गर्ने अमेरिकी मजदुरहरुको संघर्षलाइ बिश्वब्यापी बनाउन अन्तर्राष्ट्रिय मजदुर दिवस ( अन्तर्राष्ट्रिय मे डे ) मनाउने निर्णय गरिएको थियो ।

१८९० मे १ तारिक सबै देश ,शहरहरुमा काम गर्ने समय ८ घण्टा हुनु पर्छ भन्ने माग राख्दै अन्तर्राष्ट्रिय आन्दोलनको लागि संगठित हुने निर्णय गरि बिश्वको मजदुर एक हौ भन्ने नारा लगाएर आफ्नो देशको स्थिति अनुसार प्रथम अन्तर्राष्ट्रिय मे दिवस मनाइएको थियो। त्यसपछि अहिलेसम्म बिश्वको बिभिन्न देशमा मजदुरहरुले मजदुरको एकता र एक्यबद्धता प्रति गर्ब गर्दै अन्तर्राष्ट्रिय मे दिवस मनाइदै आइरहेको छन |

प्रकासित मिति

Loading...

 

  • Kantipathnews World Activities in Nepali Acid attack

    दुई किशोरीमाथि एसिड आक्रमण

    अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्ति ...

  • Kantipathnews World Activities in Nepali Nigeria Suicide blast

    आत्मघाती विस्पोटमा ५० जनाको मृत्यु

    उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको यह ...

  • kantipathnews World Breaking News Nepali road accident

    सडक दुर्घटनामा परी २० जनाको मृत्यु

    सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक् ...

yummyfood