tealaya add

mtu koriya maghusudan ojha

कोरियान सरकारले अभाब भएको श्रमिकको पूर्ति प्रवासी श्रमिक ल्याएर गरिरहेको अवस्था छ । तर प्रवासी श्रमिकलाई रोजगार अनुमति प्रणाली अन्तर्गत ल्याएर मजदुर हक अधिकारबाट बन्चित गराई रहेको छ ।

यो बाहेक अन्य प्रणालीबाट पनि प्रवासी श्रमिकहरु आउने गर्छन तर सबै प्रवासी श्रमिकको अवस्था उस्तैछ, कोरियाको असमान मजदुर कानुनको सुधार खारेजी गरी प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित हुने कानुनलागु गर्न माग गर्दै आज प्रवासी मजदुर युनियन (एमटियु) ले राजधानी सउलमा बृहत र्‍यालीको आयोजना गरेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै एमटियुको अध्यक्ष उदय राईले प्रवासी श्रमिक कोरियामा आएर काम गर्न थालेको ३० बर्ष नाघिक सकेकोछ तर जति नै समय बिते पनि प्रवासी श्रमिकलाई हेर्ने कोरियन सरकारको दृष्टिकोणको अझै परिबर्तन भएको छैन जति समय बित्छ त्यति प्रवासी श्रमिक सम्बन्धि कानुन श्रमिकको भन्दा रोजगारदाताको अधिकार मजबुद गरिरहेको अवस्था छ औधोगिक प्रशिक्षण प्रणाली खारेज भए पनि सरकारले पुन इपिएस लागु गरेर प्रवासी श्रमिकको अधिकार हनन गरिरहेको छ रोजगार अनुमति प्रणालीको कारण प्रवासी श्रमिक कार्यस्थल परिबर्तन गर्न नपाएर जबर्जस्ति काम गर्न बाध्य छन् ।

कम्पनीमा भेदभाब गरे पनि ,कार्य स्थलको अवस्था नाजुक भए पनि , शारीरिक रुपमा अशक्त भए पनि ,गालीगलौज गरे पनि आफुले चाहेर पनि कार्यस्थल परिबर्तन गर्न पाईदैन यो अवस्थामा कहिलेसम्म काम गर्ने? अब कोरियन सरकारले यसको जवाफ दिनु पर्नेछ उनीहरुको हक अधिकारलाई मान्यता दिई स्वतन्त्र रुपमा काम गर्न पाउने डब्लुपीएस लागु गर्नु पर्छ भन्नु भयो ।

त्यस्तै कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ (केसीटियु) अध्यक्ष किम म्यंग ह्वानले प्रवासी श्रमिक मेसिन होइन उनीहरुलाई पनि उचित व्यवहार गर्नु पर्छ इपिएसमा कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न नपाएर आत्माहत्या गर्न बाध्य छन प्रवासी श्रमिक औधोगिक दुर्घटनामा परि ज्यान गुमाउने श्रमिकको सख्य बढी रहेको छ निम्त स्तरको काम यिनै प्रवासी श्रमिकले गर्नु पर्ने हुन्छ सेवा सुबिधा कम दिएको अवास्थाछ तर पनि कम्पनि ब्यबसायी र राजनीतिक दलले प्रवासी श्रमिकको तलब कटौती गर्न माग गरिरहेको छ यो सरासर भेदभब हो ।

सरकार जुनसुकै देशको मज्दुरलाई दमन गर्न चाहन्छ यसको बिरुद्धमा सबै श्रमिक एकजुट भइ संघर्ष गर्नु पर्नेछ । अहिले कोरियन सरकारले लागु गरेको इपिएस खारेज गरि डब्लुपीएस लागु गराउन केसीटियु शसक्त रुपमा संघर्ष गर्नेछ भन्नुभयो ।

कार्यस्थलमा आफुले भोगेको समस्याको बारेमा कम्बोडियन मजदुरले हामीले १३/१४ घण्टा काम गरे पनि उचित तलब पाइएको छैन कम्पनि परिबर्तन गर्न चाहेमा साहुले धेर पैसा माग्ने गरेको छन् बिरामी हुदा पनि आराम गर्न नपाउने ,उपचार खर्च पनि नदिने ,खाने बस्ने खर्च बापत बढी काट्ने गर्दछ । काम गर्ने समय निश्चित भएकोले प्रवासी श्रमिकहरु धेरै शोषित भइ रहेको अवास्था छ सरकारले इपिएस खारेज गरि चाडो डब्लुपीएस लागु गर्न जरुरि भन्नुभयो ।

कार्यक्रममा नेपाल बंगलादेश,फिलिपिनको प्रवासी श्रमिकहरुले पनि आफुले कार्यस्थलमा भोग्नु परेको समस्याको बारेमा बताउदै अहिलेको इपिएस खारेज गरि डब्लुपीएस लागु गर्नु पने माग गरेको थियो । पहिलो चरणको कार्यक्रम पश्चात राष्टपतिको कार्यलय अगाडीसम्म बिभिन्न मागको नारा लगाउदै मार्च गरिएको थियो ।
लेखक : मधुसुदन ओझा

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...