1478958692 banner ad format

 
 

कोरियामा प्रवासी मजदुरहरु १९८७ देखि आएर काम गर्ने थालेको हो भन्ने कुरा कोरियाको त्यस समयमा प्रकाशित पत्रपत्रिका थुंगह्वा इल्बो समाचारबाट थाहा पाउन सकिन्छ। कोरियामा प्रवासी मजदुर आएदेखि नै प्रवासी मजदुरहरुको समस्या सृजना हुन् थालेको थियो । प्रवासी मजदुरलाई कोरियन कानुन लागु नगर्ने अनि प्रवासी मजदुर सम्बन्धि छुट्टै कानुन नभएको हुनाले प्रवासी मजदुर शोषित पिडित हुदै गयो उनीहरुले मजदुरले पाउने कुनै अधिकार,तलब सेवा सुबिधा पाउन सकेनन  प्रवासी मजदुरको मानब र मजदुर अधिकार हनन हुने क्रम जारी रह्यो ।प्रवासी मजदुरले पनि आफुलाई गरिएको शोषण दमनको बिरुद्दमा आवाज उठाउन थाल्यो  संगठित हुने थाल्यो १९९४ मा औधोगिक दुर्घटना बिमा सबै प्रवासी मजदुरले पाउनु पर्ने माग राखी धर्ना दिई अन्दोंलन गरेको थियो ।

MTU migrant labor organization

 

यही आन्दोलन नै कोरियामा प्रवासी मजदुरले गरेको पहिले आन्दोलन हो । यस पछी औधोगिक प्रशिक्षण प्रणाली (Indurtrial Tranning System)खारेजी गरि कार्य भिषा प्रणली (Work permit system) लागु गर्नु माग गर्दै बिभिन्न आन्दोलनहरु गरिएको थियो २००३ को नोवेम्बरमा बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई भिषा दिनु पर्ने ,धरपकड बन्द गर्नु पर्ने डब्लुपीएस लागु गर्नु पर्ने माग राख्दै प्रवासी मजदुरहरुले सउल म्यंगदोंगमा ३८१ दिनसम्म धर्ना बसेको थियो यस पछी कोरियामा प्रवासी मजदुरहरु संगठित भइ सरकार र कम्पनी मालिकसग  आफ्नो मागहरु राखी संघर्ष गर्न छुट्टै स्वतन्त्र प्रवासी मजदुरको मजदुर संगठनको आवश्यकता महशुस गरि  गठन गर्ने निर्णय गरेको थियो  प्रवासी मजदुरको मजदुर ३ अधिकार छन (.(१)मजदुर संगठन खोल्न पाउने अधिकार (२) माग राखी बार्ता गर्न पाउने अधिकार (३) कम्पनीसग बार्ता बिफल भएमा हड्ताल गर्ने अधिकार ) यो अधिकार कोरियाको मजदुर कानुन र संबिधानको धारा ३३ ले सुनिस्थित गरेको छ संयुक्त राष्ट्र सघले (UN) १९४८ डिसेम्बर १० मा गरेको मानब अधिकार घोषणा पत्रको धारा २५ को उपधारा ४ मा सबै मानिस(मजदुर) आफ्नो अधिकार(भलाइ ) रक्षालागि मजदुर संगठनको गठन र सदस्यता लिन पाउने छ भनि तोकिएको छ ।

सबै किसिमको जातीय (नस्लाबाद) भेदभाब निर्मुल गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय कन्भेन्शनको धारा ५ (E) १ मा काम ,पेशा छनोटको स्वतन्त्रता ,निस्पक्ष र उचित काम गर्ने शर्त ,बेरोजगारबाट रक्षा ,समान काम ,समान ज्याला,मजदुर संगठनको गठन र सदस्य बन्न पाउने अधिकार सुनिस्चित गएको छ ILO संगठनको स्वतन्त्रता र सगठित हुने अधिकारको रक्षा सम्बन्धी कन्भेन्सन ८७ (Convention on freedom of association and protection of the right to organize (No. 87)र मजदुर संगठनको गठन लगायत बार्ता गर्ने(सौदाबाजी)अधिकार सम्बन्धि कोंभेन्शन न ९८(Convention on the right to organize and the right to collective bargaining (No. 98) मा  मजदुरको अधिकार सुनिस्चित गरिएको छ । यिनै ३ अधिकार अन्तर्गत यो प्रवासी मजदुर सगठन गठन गरिएको हो ।

 

धर्नामा सहभागी प्रवासी मजदुरको नेत्रित्वमा सन २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर संगठन (एमटियु)को गठन गरिएको थियो । यो प्रवासी मजदुर संगठन प्रवासी मजदुर स्वयमले स्वतन्त्र रुपमा  प्रवासी मजदुरको मजदुर ३ अधिकार प्राप्त गर्नकोलागि  गठन गरिएको बिश्वको पहिले प्रवासी मजदुर संगठन(एमटियु) हो ।एमटियु गठन भएको १० बर्ष पश्चात कोरियन सरकारबाट मान्यता प्राप्त गरि सउल क्षेत्रिय श्रम कार्यलयमा दर्ता भएको छ ।

प्रवासी मजदुरहरु स्वयमले गठन गरेको मजदुर संगठनलाइ सम्बन्धीत देशको सरकारबाट कानुनी मान्यता प्राप्त गरि दर्ता भएको बिश्वको पहिलो प्रवासी मजदुर संगठन पनि यो एमटियु नै हो। यो मजदुर संगठनमा कोरियामा रहेको सबै प्रवासी मजदुर संगठनको सदस्य पदाधिकारी बन्न सक्ने छन कोरियन मजदुर यो मजदुर संगठनको सदस्य ,पदाधिकारी बन्न निषेध गरिएको छ एमटियुको सदस्य स्वयमले सगठनको पदाधिकारीहरुको मतदान गरि चुनिने गरिएकोछ एमटियु सदस्यको सदस्य शुल्क र आर्थिक सहयोग कार्यक्रमबाट संकलित  रकमबाट सगठन संचालन भईरहेको छ कोरियामा प्रवासी मजदुरको शख्या बृद्दी भईरहेको अवस्था छ त्यसको तुलनामा प्रवासी मजदुरको हक अधिकार अझै पनि सुनिस्चित नभएको अवस्था छ प्रवासी मजदुरलाई गरिने शोषण दमन,भेदभाब जारी छ ।

काम गर्ने अवस्थाको (Working condition)अति नाजुक छ कम्पनी परिबर्तन गरिने कुटपिट,जबर्जस्ति काम गर्नु पर्ने ,तलब नपाउने ,थेजिक्गुम नपाउने समस्याहरु प्रवासी मजदुरहरुले भोगिरहेको छन बिरामी हुदा आराम गर्न र उपचार गर्न नपाइरेहेको अवस्था छ कम्पनीले गर्ने यस्तो ब्यबहारमा कुनै सुधार आउने सम्भावना छैन। यसको मुख्य कारण प्रवासी मजदुरले कम्पनी स्वइच्छाले परिबर्तन गर्न नपाउनु हो सबै अधिकार कम्पनी मालिकमा हुनु हो ।प्रवासी मजदुरहरुले कम्पनी र सरकारलाइ आफ्नो कानुनले तोकेको आधारभुत अधिकारहरुलाइ मान्यता दिनकोलागि बाध्य गराउन साथै प्रवासी मजदुरको अस्तित्व कायम राख्नकोलागि प्रवासी मजदुर संगठन (एमटियु) स्थापना गरिएको हो।

 

प्रवासी मजदुर संगठन(एमटियु)क्षेत्रिय मजदुर संगठन हो  यसको सउल ख्यंग्गी इन्छन क्षेत्रमा ८ वोटा शाखा छ (उइजुग्बु ,सउल ,किम्पो ,इन्छन ,आन्सान,सुवन ,ओसान,फ्यन्गथेक शाखा ) तर कोरिया अधिराज्यको सबै क्षेत्रमा काम गर्ने प्रवासी मजदुरहरु एमटियुको सदस्य हुन पाउने छन महिनामा १ पटक शाखाको बैठक बस्ने छ भने प्रत्यक बर्ष साधारण सभा हुने छ साधारण सभाबाट बार्षिक गतिविधिको मुल्याकन र भाबी कार्यक्रमहरु पारित गरि गतिविधि गरिने छ एमटियुले प्रवासी मजदुरलाई कम्पनीमा परेको समस्या (तलब,थेजिकगुम,औधोगिक दुर्घटना )समाधानकोलागि वोकिल मार्फत समाधान गर्न सहयोग गरिराखेको छ प्रत्यक बर्ष अन्तर्राष्ट्रिय मजदुर दिबस (मेडे) अगुष्ट महिनामा इपिएस खारेज, अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवसको अवसरमा प्रवासी मजदुरहरु सगठित भएर आफ्नो अधिकारको बारेमा माग राखी  सरकारलाई माग पुरा गराउन दबाब दिन गर्दै आइरहेको छ केसीटियु लगायत अन्य बिभिन्न प्रवासी मानब अधिकार संघसस्थासग एक्यबद्धता गर्दै प्रवासी मजदुरको हक अधिकार भन्दा कम्पनी मालिकको अधिकारलाई प्राथमिक दिई बनाइएको रोजगार अनुमति प्रणाली(इपिएस)खारेजीकोलागि सघर्ष गरिरहेको छ ।

 

प्रवासी मजदुर संगठन (एमटियु) को कोरियन सरकारसगको मुख्य मागहरु साथै संघर्षको लक्ष्य 

 

(1)  प्रवासी मजदुरको अधिकार हनन गर्ने रोजगार अनुमति प्रणाली (इपिएस ) खारेज (कोरियामा प्रवासी मजदुरलाई नियन्त्रण गर्न लागु हुने इपिएस कानुनको मात्र खारेजी हुनु पर्ने ,प्रवासी मजदुर छनोट प्रक्रिया भाषा परिक्षा कायम रहने छ )

 

(2)  सबै अधिकार(स्वतन्त्र कम्पनी परिबर्तन गर्ने लगायत ) सुनिश्चित भएको कार्य भिषा प्रणाली (डब्लुपीएस) लागु हुनुपर्ने 

 

(3)  मजदुर ३ अधिकार सुनिस्चित हुनु पर्ने 

 

(4)  थेजिकगुम कोरियामा नै पाउनु पर्ने

 

(5)  कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनुपर्ने 

 

(6) बिना भिषाको सबै प्रवासी मजदुरलाई भिषा दिनु दिनु पर्ने 

 

(7) धरपकट बन्द गर्नु पर्ने 

8 ) प्रवासी मजदुरलाई गरिने सबै भेदभाब बन्द हुनु पर्ने ,

 

(9) प्रवासी महिलाहरुको हक अधिकार सुनिस्चित हुनु पर्ने ,

 

उदय राई  

अध्यक्ष एमटिय  दक्षिण कोरिया 

कोरियामा सरकारी बिदामा मजदुरलार्इ पनि तलबी बिदा दिने कानुन बनाउन केसीटियुद्वारा माग

कोरियामा हालसम्म नेपाली लगायत अन्य देशको प्रवासी मजदुर मृतक संख्या र कारण

प्रकासित मिति

Loading...

 

yummyfood