tealaya add

accident

अमेरिकामा दुईवटा जिप दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ ।अमेरिकाको मध्यपश्चिमी राज्य मिजोरीमा दुईवटा जिप ठोक्किदा मिजोरी राज्यको ब्ल्य स्पिरिङमा बस्दै आएका शारदा ओझा खनालसहित उनकी आमा शान्ता खनाल र बुवा गोविन्द खनालको निधन भएको हो ।

विराटनगर घर भएका ओझा परिवार सवार टोयटा राभ ४ जिप, प्रिगमोर एभिन्यु नजिकैको इन्टरस्टेट ४४ को तेस्रो लेनमा अर्को टोयटा पिकअपसँग ठोक्किएर दुर्घटना भएको भएको स्थानीय समाचार माध्यम जोप्लिन ग्लोबले उल्लेख गरेको छ ।

शारदा र उनकी आमालाई घाइते अवस्था अस्पताल लगिए पनि उनीहरुलाई मृत घोषणा गरिएको थियो । गोविन्द खनालको भने घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...