1478958692 banner ad format

 
 

काठमाडौँ - कोरियामा कार्यरत एक नेपालीको अचानक ह्दयघात भएर निधन भएको छ । विराटनगरका सत्ताइस वर्षिय उमेशचन्द्र पौडेलको आज विहान निधन भएको हो ।

Migrant Nepalese news Korea min

गजेदोको डेउ डिएसएमइमा कार्यरत पौडेलले आज बिहान तीन वजे आफुलाई स्वास फेर्न गाह्रो भयो भनेपछि साथिभाईले एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्स मार्फत अस्पतालमा पुर्‍याएको एक घण्टा पछि चिकित्सकले पौडेललाई मृत घोषणा गरेको उनका सहकर्मी दिनेश पौडेलले जानकारी दिएका छन् ।

एक वर्ष अघि मात्र रोजगारीका लागि कोरिया प्रवेश गरेका मृतक पौडेल विवाहित भएको र विराटनगरमा श्रीमती र एक छोरी रहेको बुझिएको छ । मृतक पौडेलको शव अहिले अस्पतालमा राखिएको छ ।

डिएसएमइ कम्पनीमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत रहेका छन् । यसैबीच राजधानी सोलस्थित नेपाली दुतावासले पनि घटनाका बारेमा खबर आएको बताएको छ । सोमबार घटनास्थल जाने तयारी भएको कार्यबाहक राजदूत किरण शाक्यले बताउनु भएको छ ।

कोरियामा पछिल्लो समय सुतेको अवस्था मा मृत्यु हुने क्रम बढेको छ । यद्यपी नेपाल सरकार, नेपालस्थित इपिएस साखा र नेपाली दुतावास ले त्यति खासै चासो लिएको देखिएको छैन ।

प्रकासित मिति

Loading...