1478958692 banner ad format

 
 

कोरियाको ख्यांग्नाम मिरयांग क्षेत्रको सिलामको खेतीमा (सिलामको पात टिप्ने) काम गर्ने प्रवासी मजदुरको अवास्था दयनिय रहेकाे बताइन्छ । मिरयांगमा मात्र नभएर समग्र कृषीक्षेत्रमा काम गर्ने मजदूर यस्तै समस्याबाट पिडित रहेका छन ।  

यहा काम गर्ने श्रमिकले बिहान घाम झुल्किनु भन्दा अगाडी काममा जाने घाम अस्ताए पछी मात्र  काम सकिने प्था छ । दैनिक १२ घण्टा भन्दा बढी काम गरे बापतको तलब १० लाख वोन देखि १३लाख (लगभग ९ सय देखि १२ सय डलर) सम्म पाउने गरेका छन ।  पारिश्रमिक पनि २ महिनामा बिते पछी मात्र दिने  गरेको श्रमिककाे गुनासाे रहेकाे छ ।

यस क्षेत्रमा अनिबार्यरूपमा  दिनु पर्ने ३ धन्टाकाे अाराम सुबिधा पनि राेजगारदाताले जालझेल गरि उक्त समय श्रमिकले पानी पिउने, शाैचालय जाने, खाना खाने तथा महिला श्रमिकले कपाल बाध्ने कार्यमा खर्चेकाे समयमा मिलान गर्ने गरेका छन ।

श्रमिक अावसकाे नाउमा प्लाष्टिककाे कटेरा उपलब्ध गराइकाे छ भने शाैचालयकाे समुचित ब्यबस्था पनि गरिएकाे छैन । चुकुल गजवार बिनाकाे काेठामा रात बिताृउनु तथा हाेहल्ला गर्दै शाैचालय प्रयाेग गर्नु पर्दा महिला श्रमिकले अाफुलाइ सुरक्षित महसुस गर्न सकेका छैनन्र । यस्ताे दूराबस्थाकाे अाबाशकाे शुल्क समेत करिब २५० अमेरिकी डलर बराबरकाे रकम राेजगारदाताले श्रमिककाे पारिश्रमिकबाट काटने गरेका छन ।

दैनिक राेजगार स्थल र राेजगारदाता फेरिनु पनि अर्काे समस्याकाेरूपमा देखा परेकाे छ । मुल राेजगारदाताले दैनिकरूपमा खेतमालिक परिबर्तन गरिदिदा कामकाे एकरूपता नहुने र खेत मालिक संग समन्वय हुन नसक्दा मजदूर समस्यामा परेका हुन ।

यस सम्वन्धमा श्रम कार्यालयमा उजुरी गर्दा पनि कुनै समाधान निस्कन सकेकाे छैन ।यसै बिषयमा २०१६ सेप्टेम्बर महिनामा गरेको उजुरि हालसम्म ५ पटक तारिकमा बोलाए पनि यांग्सान श्रम बिभागले समाधान गर्न सकेकाे छैन । बिभाग पिडित प्रवासी मजदुरको बयान मिलेन साहुको कुरा सग मेल खाएन भन्दै झारा टार्दै अाइरहेकाे गुनासाे उजुरीकर्ता श्रमिककाे छ ।

निस्पक्ष तरिकाले यो समस्या समाधन गर्न दवाव दिन, आज यांग्सान श्रम बिभाग अगाडी मजदुर संगठन लगाएत अन्य मानब अधिकारबादी संस्थाले पत्रकार सम्मेलन गरेको थियो । साे सम्मेलनमा र कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेजी गर्न माग गरिएकाे थियाे ।

साे अबसरमा प्रवासी मजदुर संगठन MTU अध्यक्ष उदय राईले, आफुलाई धनि देश र मानब अधिकारको कदर गर्ने देश भन्ने कोरियन सरकार र जनताले एकपटक प्रवासी मजदुरको यो अवस्थाको बारेमा सोच्नेकी ? अनि यस्तो घटनाहरु हेरेर हामी प्रवासी मजदुर मेरो त केहि समस्या छैन,  अरुको जेसुकै होस भन्ने कि एकजुट भएर यस्तो अवस्थामा पुर्याउने साहु ,कर्मचारी र नीति नियमको बिरोध गर्ने ? भन्ने प्रश्र्न राख्नु भएकाे थियाे ।

प्रकाशित 03. Feb.2017

प्रकासित मिति

Loading...

 

yummyfood