tealaya add

nrnkorea2 kantipathnews

एनआरएनए कोरियाको अध्यक्षका प्रत्यासी उमेद्वार यज्ञराज सुवेदी आफु पदमा बिजयी भए NRNA कोरियालाई सक्षम र सबल संस्था बनाउने बताएका छन् l गत आइताबार नेपाल पत्रकार महासंघ कोरिया शाखाले राजधानी सियोलमा राखेको “एनआरएनए कोरिया नेतृत्व बिसेष “साझा बहसमा बोल्दै सुबेदीले आफुसंग संस्थालाई वास्तविक संस्थागत रुपमा लैजाने यथेस्ट भिजन रहेको बताए l

“अहिलेको NRNA कोरिया झोले अबस्थामा छ l झोलामा कागजपत्र बोकेर सियोल आसपासका बिभिन्न रेस्टुरेन्टहरुमा पुगेर बैठक बस्नुको बिकल्प छैन l राजधानी बाहिर बस्ने नेपालीले एनआरएनए कोरिया संस्था छ भन्ने कुनै आभास पाउन सकेका छैनन् l

उनले भने आफुले एनआरएन कोरियाका अहिले सम्मका कार्य गतिविधिहरु नजिकबाट नियाली रहेको र राजधानी सियोलमा बस्ने मात्र एनआरएन नभएर कोरिया भरिका नेपाली एनआरएन हुन भन्दै सुबेदीले एनआरएनलाई झोले एनआरएन होइन संस्थागत एनआरएन बनाउनका लागि आफु नेतृत्व लिन अगाडी बढेको बताए ।

उनले नेपाल हाउसलाई सधैं हात थापेर सहयोगदाताको भरमा चलाउन नसकिने भन्दै यसलाई एनआरएन दर्ता भैसकेपछि कोरियन समाज कल्याण मन्त्रालय संग समन्वय गरेर समाज कल्याण मन्त्रालयको सहयोगमा कोरियामा नेपाली कला तथा सांस्कृतिक केन्द्रको रुपमा सञ्चालन गर्न सकिने अबधारणा समेत राखे l

“तपाइँ राजधानी बाहिर बस्नु हुन्छ तर हरेक गतिबिधि राजधानीमै हुने गर्दछ l संस्था कसरि चलाउन सक्नुहुन्छ ?” भनि सोधिएको एक प्रश्नमा सुवेदीले एनआरएन केन्द्रीय कार्यालय बालुवाटारमा छ तर अध्यक्ष त्यहाँ बस्नु हुन्छ कि हुदैन भनि प्रतिप्रश्न गरेका थिए l


उनले सबै नेपाली राजधानीमा बस्दैनन राजधानीलाई केन्द्र बनाएर कोरियाका बिभिन्न क्षेत्रमा क्षेत्रिय संस्थाहरु निर्माण गरि हरेक ठाउमा एनआरएनए कोरियाको पहुच बनाउन अपरिहार्य रहेको बताए l कार्यक्रममा अध्यक्षका प्रत्यासी उमेद्वार बिपिन गुरुङ तथा बुद्वी गुरुङले आफुले बिगतमा कोरियावासी नेपालीहरुको हकहितमा गरेको काम नै यसपटकको चुनाब जित्ने बलियो आधार रहेको बताए l

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...