1478958692 banner ad format

 
 

एनआरएन दक्षिण कोरियाको आज भएको छैठौ महाधिवेशनमा लक्ष्मी गुरुङ अध्यक्ष पदमा निर्वाचित भएकी छिन ।

NRN Korea Laxmi Gurung

कोरियाको राजधानीको सिओलको हिस्ट्री एण्ड कल्चर स्थित चुङगु कुकमिन हवेगानमा भएको सो महाधिवेशमा कुल मतदाता २२८३ मध्ये६३ प्रतिशत अर्थात १४७४ जना मतदाता ले मतदान गरेको निर्वाचन मण्डलमा संयोजक केपी सिटौलाले जानकारी गराएका थिए । त्यस्तै आईसीसीको दुई प्रतिनितधीमा प्रकाश धमाला र लोचन राई निर्वाचित भएका छन ।

NRN Korea Laxmi Gurung 2

बरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ निर्वाचित भएको छ उपाध्यक्षमा साजन शर्मा,जीवन कुमार थापा र अमृत राई निर्वाचित भएको छ ।भने महासचिवमा ईन्दिरा तिवारी निर्वाचत भएकी छिन । सचिवमा नेत्र नारायण पौडेल र नविन पूडासैनी निर्वाचित भएका छन ।

अर्का सचिव पदको मत गनणामा नविन पूडासैनी र भरत राज सुवेदी बराबर मत भएपछि गोलाप्रथा द्धारा नविन पूडासैनी मनोनित भएको हो । कोषाध्यक्षमा लोक बहादुबानिया निर्वाचित भएको छ भने सह -कोषाध्यक्षमा जीत बहादुर थापा सारु मगर निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बु,सकिन श्रेष्ठ, विजय रेग्मी र देबेन्द्र पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै युवा संयोजकमा सन्तोष कुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भएको छ ।

एनआरएन दक्षिण कोरियाको आज निर्वाचन विधुतीय प्रणाली बाट भए पनि परिचय पत्र प्राप्त गर्न समेत घण्टौ लाइन मा लाग्नु पर्ने कति को त परिचयपत्र समेत नभेटेपछि मतदातालाई अन्यौलमा पार्नुको साथै अव्यवस्थित रहेको गुनासो व्यापक सुन्न र देख्न मा आएको थियो।

प्रकासित मिति

Loading...

 

yummyfood