1478958692 banner ad format

 
 

सतिष भट्टराई (जापान)  -गैरआवासीय नेपाली संघ एनआरएनए २००३ साल बाट स्थापना भएको थियो भने , जापानमा भने २००४ साल बाट सुरु गरिएको थियो । १३ बर्ष को अन्तरालमा क्रमस ६ जानाले अध्यक्ष को भूमिका निभाउनु भैसकेको छ ।

NRNA Japan min

राजन प्रधानांग (२ पटक ), भबन भट्ट (१ पटक ) , रोशन के.सी (१ पटक ),ओम गुरुङ (१ पटक ) , पारश मनि पोखरेल (१ पटक ) र वर्तमान अध्यक्ष सुदन थापा (१ पटक ) त्यसै क्रममा एनआरएनए जापानले विभिन्न ठुला तथा साना कार्यक्रम गर्दै आएको छ ,राजधानी टोकियोमा भएको एक कार्यक्रमका बिच एनआरएनए जापानले सदस्यता वितरण, महाधिवेशन तथा नेपाल फेस्टिवल लगायतका विषयमा निर्णय तथा भावी कार्यक्रम सार्वजनिक गरेको थियो ।

नेतृत्व चयनका बेलामा सँधै जसो आरोप लाग्दै आएको निकटका व्यक्ति र सिमित संख्यामा मात्र सदस्यता वितरणको विषयलाई सम्वोधन गर्दै एनआरएन जापानले नयाँ सदस्यता र पुराना पंजिकृत सदस्यहरुले अनलाइन मार्फत नविकरण गर्न प्रारूप ल्याएको छ। त्यसै गरि ओकिनावामा भएको सम्मेलन बाट ४ बर्षको अन्तराल पछि जापान बाशी विद्यार्थीहरुले पनि भोट हाल्न पाउने अधिकार सुरक्षित भएको थियो ।

सधै जसो समिति व्यापारी को मुठीमा मात्र रहने गरेको भनिएको एनआरएनए जापान अब भने त्यो बाट तोडिने आकलन गर्न सकिन्छ। २० हजार भन्दा बढी नेपाली विद्यार्थी रहेको जापानमा उनीहरुको भोटले यो पटक को एनआरएनए जापानको चुनाबी नेत्रित्यो मा ठुलो उथल पुथल आउन सक्ने अनुमान लगाउन सकिन्छ।

एनआरएनए जापान तपाई हाम्रो जापान बाशी नेपाली सबैको हो , इच्छुक व्यक्तिले आफ्नो उमेद्वारी तथा सदस्यता लिएर भोट पनि हाल्न सक्नु हुन्छ। अनि टोकियो भन्दा बाहिर बाट धेरै गुनासो सुन्ने गरिन्छ एन आरएनए जापान टोकियो बाशी नेपालीको मात्र हो ,वा कसरि सदस्य बन्ने अनि उमेद्वारी दिने। हाल आएर एनआरएनए जापान को सदस्य लिनको लागि सारै सजिलो गरिएको छ।

तपाई आफ्नो मोबाइल को आपस स्टोर बाट NRNA Japan डाउनलोड गरेर सदस्य बन्न सक्नु हुनेछ। सदस्य बन्ने अन्तिम मिति मे महिनाको अन्तिम सम्म रहेको हुदा , छिटै सदस्य बन्नुहोस अनि आफ्नो मत हाल्ने अधिकार तथा उमेद्वारी दिने अधिकार सुनिश्ति गर्नु होस्। सदस्यता सुल्क मात्र १००० येन रहेको छ। एन आरएनए जापान को चुनाब भने ८ देखि ९ महिना को बिचमा हुने गर्छ हाल सम्म मिति तथा क-कसले उमेद्वारी दिने भने भएको छैन ।

यो पटक विद्यार्थीले पनि आफ्नो उमेद्वारी दिन पाउने भएका छन् , तर उनीहरु NCC ( लोकल कमिटी ) मा मात्र रहने छन् ICC मा जान्ने अधिकार उनि हरुलाई हुने छैन । त्यसैले हामीले एन आरएनए जापान लाई एउटा उत्कृस्ट सस्था को रुपमा परिबर्तन गरौ। जसले गर्दा तपाई हामी जस्ता जापानमा नचिनिएको अनुहारले पनि यो हाम्रोनै सस्था हो भन्न पाहोस। त्यस्तो व्यती लाई अध्यक्षमा बिजय गराउ जो संग जापानिज भाषाको लेख पढ गर्ने ज्ञान सहित अंग्रेजी भाषा पनि राम्रो दखल होस्। धेरै रेस्टुरेन्ट भएका लाई मात्र नभई जापान र नेपाल संग कुटनीतिक बिषयमा काम गर्न सक्ने मान्छे लाई विजय गराउ। भाषाको ज्ञान नभएको ब्यतिले जापान जस्तो ठाउको अध्यक्ष भएर न्याय दिन सक्दैनन्।

आफ्नै धेरै रेस्टुरेन्ट भएका ब्यतिले कसरि कुक साथी हरुलाई न्याय दिन सक्छन। विशेष विद्यार्थी साथी हरुले नेपाली विद्यार्थीले तिर्नु पर्ने कर प्रतिको आवाज उठाउनु होस् , चाहिनिज ,अमेरिकी , कोरियन विद्यार्थीले जापानमा पढेर काम गरेको बापत पनि थोरै कर तिर्दा हुन्छ तर हामीले पुरै तिर्नु पर्छ। सरकारी तह बाट सानो संशोधन गर्ने हो भने हाम्रो देश संग पनि त्यो सम्भब छ। त्यस्तो व्यक्ति लाई बिजय गराउनु होस् जसले हरेक क्षेत्र मा न्याय दिन सकोस। सकिन्छ भने पार्टीको प्रतिनिधि हैन। यो कुनै राजनीतिक सस्था हैन। अनि ठुला ठुला भाषण मात्र गर्ने लाई भन्दा काम गर्न सक्ने लाइ बिजय गराउ ।

प्रकासित मिति

Loading...

 

yummyfood