1478958692 banner ad format

 
 

 उदय राई, दक्षिण कोरिया - दक्षिण कोरियामा कोरियन मजदुरहरुले गर्न नचाहने कृषि र साना तथा मझौला कम्पनीमा काम गर्ने प्रवासी मजदुरको संख्या प्रत्येक बर्ष बृद्दी भई रहेकोछ तर यसरि कोरियन मजदुरले गर्न नचाहेको काम गर्ने प्रवासी मजदुरलाई उनीहरुको श्रमको ज्याला नदिने क्रममा सुधार हुन सकेको छैन यसो हुन नदिन सम्बन्धित निकायले राम्ररी यस्तो कार्यको निरिक्षण गर्न आवश्यक भएको सबैले औल्याएका छन गत महिना कोरियन संसदमा भएको संसदीय जाचबुझ सुनुवाइमा प्रजातान्त्रिक पार्टीको सांसद खान्ग व्यंग वनले रोजगार तथा श्रम मन्त्रलयले बुझाएको तलब सम्बन्धि रिपोर्ट पेश गर्दै यो बर्ष(२०१७)को अगष्ट महिनासम्ममा प्रवासी मजदुरहरुले नपाएको तलबको रकम कोरियन वोन ५ सय १५ अक (अमेरिकी डलर लगभग ४ करोड ६२ लाख ९ हजर ६२) भन्दा बढी रहेको जनाएका छन।

Overseas workers in Korea

यो तलब रकम २०१५ को अवधिमा प्रवासी मजदुरले नपाएको तलब रकम ५ सय ३ अक (अमेरिकी डलर लगभग ४ करोड ५० लाख ९१ हजार ८ सय ८७ ) भन्दा बढी हो । प्रवासी मजदुरले नपाएको रकम २०१२ मा लगभग २ सय ४० अक (अमेरिकि डलर लगभग २ करोड १५ लाख ३४ हजार ३ सय २०),२०१६ मा ६ सय ८७ अक (अमेरिकी डलर लगभग ६ करोड १६ लाख ४१ हजार ९ सय ९१) थियो कोरियामा प्रवासी मजदुरले नपाएको तलबको रकम गत ५ बर्षको अवधिमा ३ गुणाले बृद्दी भएको थियो ।

कानुन मन्त्रालय अध्ययागमन कार्यालयको तथ्यांक अनुसार गत बर्ष अदक्ष मजदुर (ई ९ भिषा) र भ्रमण रोजगार (एच २ भिषा ,जुन भिषा अन्तर्गत कोरियन चिनीया आउने गर्दछन) को मजदुरको सम्पूर्ण संख्या ५ लाख ३४ हजार १ सय ३७ छ २०१२ मा मजदुर भिषा लिएर काम गर्ने प्रवासी मजदुरको शख्या ४ लाख ४९ हजार २ थियो २०१५ मा ५ लाख ६१ हजार ३ सय ८४ थियो ।

रोजगार तथा श्रम मन्त्रालयले गत अगष्ट महिनासम्म प्रत्येक कार्यालयमा (तलब लिनकोलागि उजुरी परेको कार्यालय) पेश गरेको रिपोर्ट अनुसार तलब नदिएर उजुरी परेको कम्पनीको सख्या ६ हजार ८ सय २७ छ भने तलब नपाउने प्रवासी मजदुरको शख्या १५ हजार ८ सय ४ जना छ। उनीहरुले नपाएको तलबको रकम कोरियन वोन ५ सय १५ अक् २ हजार ६०० वोन (अमेरिकी डलर लगभग ४ करोड ६२ लाख ३२ हजर ३९१) छ ।

सांसद खांग व्यंग वनले यो नपाएको तलबको रकम मध्ये कोरियाको मध्य क्षेत्र रोजगर तथा श्रम कार्यालयमा २ सय ३ अक (अमेरिकी डलर लगभग १ करोड ८१ लाख ९८ हजार १ सय १७) पुसान क्षेत्र रोजगार तथा श्रम कर्ल्यालयमा १ सय ९ अक (अमेरिकी डलर लगभग ९७ लाख ७१ हजार ४ सय २) तलब नपाएको रकम पाउनकोलागि प्रवासी मजदुरले उजुरी दिएको थियो ।

जुन क्षेत्रमा प्रवासी मजदुर बढी छन त्यहि क्षेत्रमा तलब नपाउने प्रवासी मजदुरको शख्या बढी रहेको पाईएको छ यो बाहेक बिना भिषा काम गरिरहेको प्रवासी मजदुरको तथ्यांक पूर्णरुपमा नभएको र उनीहरुले काम गर्ने स्थानको अवस्था (Working condition)नाजुक हुने हुनाले त्यस्तो मजदुरले नपाएको तलब पनि जोड्दा प्रवासी मजदुरले नपाएको तलब यो भन्दा अझ बढी हुन सक्ने अनुमान गरिएको छ । सांसद खांगले कोरियन मजदुर कानुन प्रवासी मजदुरलाई पनि समान रुपमा लागु हुने छ । तर छुसक जस्तो चाडबाडमा पनि आफ्नो देश जान नपाउने प्रवासी मजदुरहरुलाई तलब समेत नदिदा उनीहरु दोधोरो मारमा परिरहेको छन यो स्थितिमा चाडो सुधार हुन आवश्यक छ भन्नु भयो यो समाचार कोरियन पत्रिका मिडिया टुडेमा प्रकाशित छ ।

प्रकासित मिति

Loading...

 

yummyfood