1478958692 banner ad format

 
 

उदय राई, कोरिया । गत बर्ष २०१७ मा प्रवासी श्रमिकले कोरियामा नपाएको तलब रकम ७४ अरब ४० करोड ९० लाख वोन अमेरिकी डलर ६ करोड ५८ लाख १९ हजार ५ सय ४८ छ ।

Overseas workers in Korea

 

जुन नपाएको तलब ५ बर्ष अगाडिको भन्दा ३ गुणाले बढी हो ५ बर्ष अगाडी प्रवासी श्रमिकले नपाएको तलब २६ अरब ९४ करोड ६० लाख वन अमेरिकी डलर २ करोड ३८ लाख ३५ हजार ४ सय ७१ थियो । गत ५ तारिक कोरियन संसदको बाताबरण तथा श्रम समितिको सांसद लि उंग दकलाई श्रम तथा रोजगार मन्त्रालयले बुझाएको विवरण अनुसार २०१७ मा तलब नपाएर श्रम बिभागमा मुद्दा दर्ता गर्ने प्रवासी श्रमिकको संख्या २२ हजार ७ सय ६५ छ। जुन संख्या ५ बर्ष अगाडिको तुलनामा २ .५ गुणाले बढी हो । ५ बर्ष अगाडी तलब नपाएर मुद्दा दर्ता गर्ने प्रवासी श्रमिकको संख्या ९ हजार २ सय २३ जना थियो ।

Overseas workers in Korea1

 

तलब नपाएर मुद्दा दर्ता गर्ने १ जना प्रवासी श्रमिकको नपाएको तलब लगभग ३० लाख २७ हजार वोन अमरिकी डलर लगभग २ हजार ६ सय ७७ हुन आउनेछ । प्रवासी श्रमिकको कार्य स्थलको स्थितिलाई हेर्ने हो भने २ देखि ३ महिनाको तलब प्रवासी श्रमिकले नपाएको अवस्था छ । तलब नपाएर मुद्दा दर्ता गर्ने प्रवासी श्रमिकको संख्या २०१४ मा ११ हजार ६ सय ७२ जना ,२०१५ मा १५ हजार ६ सय ६८ जना ,२०१६ मा २० हजार ६ सय ३९ जना छन । तलब नपाउने प्रवासी श्रमिकको संख्या प्रत्यक बर्ष बृद्धी भईरहेको छ ।

यस्तै तलब नदिने कम्पनीहरुको संख्या ५ बर्ष अगाडी ३ हजार ८ सय थियो भने २०१७ मा १० हजार २ सय २२ वटा छन ।जुन २०१३ को भन्दा २. ५ गुणाले वृद्धि भएको हो । सबै भन्दा बढी तलब नदिने क्षेत्र ख्यंगीदो क्षेत्र हो । यस क्षेत्रबाट नपाएको तलब रकम १२ अरब ६० करोड अमेरिकि डलर १ करोड ११ लाख ४५ हजार छ ।त्यसपछि ख्यंगनाम र सउल क्षेत्र पर्दछन । उक्त समाचार कोरियन नेइल सिन्मुनमा प्रकाशित छ ।

अनुवादक राई प्रवासी मजदुर युनियन दक्षिण कोरिया का अध्यक्ष हुन ।

 

प्रकासित मिति

Loading...

 

yummyfood