tealaya add

nepali p

दक्षिण कोरियामा काम गर्ने १० जना प्रवासी महिला मजदुर मध्ये २ जना आफ्नो कार्य स्थलमा यौन दुर्ब्यबहार भोगेको अनुसन्धानले जनाएको छ । कोरियन नागरिकसग विवाह गरेर आएको प्रवासी महिला १० जना मध्ये ४ जना घरेलु हिँसामा परेको जनाएको छ । यसमा १० जान मध्ये ७ जना यौन दुर्ब्यबहार र ८ जना जति गालीगलौज भोगेको कुरा बताएको छन् ।

प्रवासी महिलाहरुले भोग्ने समस्या बृद्दी भए पनि समाधानकोलागि सम्बन्धित निकायमा उजुरी गर्न सक्ने अवस्था छैन ।राष्ट्रिय मानब अधिकार आयोगले जनाए अनुसार कोरियन नागरिकसग बिबाह गरेको बिदेशी महिला ९२० जनासग गरिएको अनुसन्धानमा ४२ प्रतिशत ३८७ जना घरेलु हिँसामा परेको पाइएको छ । यो मध्ये ७७ जना २० प्रतिशतले आफुलाई श्रीमानले हतियार लिएर धम्कि दिएको भनेको छन भने २६३ जना ६८ प्रतिशतले आफुलाई यौन दुर्ब्यबहार गरेको बताएको छन् । तर धेरै पिडित महिलाले उजुरी गर्न सकेको छैनन ।

यदि भिषा नभएको महिलाले यौन दुर्ब्यबहार भोगेमा सम्बन्धित निकायमा उजुरी गर्न निज महिलाले आफु बिना भिषा बसेको अवधिको जरिवाना तिर्नु पर्ने हुनाले न्याय पाउनकोलागि उजुरी नगरेको घटना धेरै छन् ।

बैधानिक रुपमा बसोबास गरि काम गरिरहेको भए पनि कम्पनी मालिकले स्वदेश फिर्ता पठाई दिन्छकि भन्ने डरले पनि सजिलै उजुरी गर्न सक्ने अवस्था छैन । प्रबाशी नेपाली मजुदुर संगठन, कोरियाका अध्यक्ष उदय राइ यस बिषयमा यसरी प्रष्ट पार्नुहुन्छ - तर यस्तो घटनामा उजुरी गर्दैमा साहुलाई स्वदेश फर्काउने अधिकार छैन यो कुरा सबैले बुझौ. बिबाह गरेर आएको महिलाको हकमा कोरियन श्रीमानसग बैबाहिक सम्बन्ध कायम राक्न सकिएन भने कोरियामा कानुनी रुपमा बसोबास गर्न गार्हो हुन्छ ।

यदि सम्बन्ध विच्छेद भएमा श्रीमानको कारणले सम्बन्ध विच्छेद भएको हो भन्ने कानुनी रुपमा प्रमाणित भएमा मात्र सम्बन्ध विच्छेद पश्चात पनि उक्त महिलाले बैधानिक रुपम बसोबास गर्न पाउछ ।

तर श्रीमानको कारणले पारपाचुके गरेको हो भन्ने कुरा प्रमाणित गर्न सजिलो छैन बसोबास गर्न आवाश्यक भए पनि स्थाई बसोबास वा नागरिकता प्राप्त गर्नकोलागि आबेदन लिन अध्यायगमनले अस्विकार गरेको घटना धेरै छन ।

यसरी बिबाह गरेर आएको महिला आफु पिडित भए पनि आफुलाई परेको अन्याय सम्बन्धित निकायमा उजुरी गर्न स्वदेश फर्कन परे पनि फर्कन्छु भनेर आट गर्नु पर्ने साथै आर्थिक भार पनि खेप्नु पर्ने अवस्थामा छन् ।

बसाइसराइ र मानब अधिकार अनुसन्धान केन्द्रको प्रमुख ली हान सुकले यस्तो व्यवस्थाले गर्दा बिबाह गरेर आएको बिदेशी महिलाको घटी समाई रहेको हुनाले मानब अधिकारको हनन वा शोषित पिडित भए पनि यसको बारेमा क्रियासिल भएर लड्न सकिरहेको छैन भन्नु भयो । नीति नियममा सुधार हुन जरुरि छ ।

प्रवासी महिलाहरुलाइ दिने कला प्रदर्शन भिषा सम्बन्धि नियम कानुनमा पनि समस्या छ । महिला जुन देशको हो त्यो देशमा रहेको एजेन्टले महिलाहरु जम्मा गरेर कोरिया प्रवेश गरे पछी ति महिलाहरुले पाउने पारिश्रमिक महिला स्वयमलाइ नदिएर एजेन्टलाइ दिने व्यवस्था छ । तोकिएको क्लबमा मात्र काम गर्नु पने यदि त्यो कार्यस्थलबाट अन्यत्र गएमा गएमा भिषा गुमाउनु पर्नेछ ।

प्रवासी महिलाहरुलाई कार्यस्थलमा मात्र होइन घरपरिवारमा पनि भिषा जोगाउन गार्हो छ । बिबाह गरेर आएको प्रवासी महिलाको बालबच्चा छ भने पारपाचुके गरे पश्चात महिलाले आफ्नो बच्चाको पालनपोषण नगरे पनि भेटघाट गर्न बोल्न पाउने अधिकार छ भने भिषा थप गर्न पाउनेछ तर श्रीमानले बच्चालाई भेटन नदिएमा भिषा थप हुदैन भिषा पाउनकोलागि अध्यायगमनमा बच्चालाई कहिले ,कहा भेट्यो अनि भेट गरेको फोटो पनि पेश गर्नु पर्नेछ फेरी यसरी पारपाचुके गरेको महिलाको बच्चा साबालक भए पछी भिषा थप हुदैन ।

आफ्नो देश फर्कनु पर्ने हुन्छ उसलाई एक मानब होइन उ कोरियनको श्रीमतीको रुपमा मात्र हेर्ने प्रवृतिले गर्दा यसो भएको हो यौन दुर्ब्यबहार ,घरेलु हिँसाबाट पिडित बिदेशी महिलाले न्यायकोलागि आवाज उठाउनकोलागि उजुरी गरे पछी पनि कोरियामा कानुनी रुपमा बसोबास गर्न पाउने कानुन बनाउन आवश्यक छ ।

udayrai kantipathnews
यो खवर कोरियन डेल्ली गुड न्युज मा प्रकाशित भएको छ । अनुवादक ( उदय राई अध्यक्ष प्रवासी श्रमिक युनियन दक्षिण कोरिया

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...