annapurna add

qataar

कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई वेवास्ता गर्ने कामदारलाई कतारले फिर्ता पठाइदिएको छ ।
दुई जना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका हुन । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वारेन्टाइनमा राखेको छ ।

कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइदैन् ।त्यसबारे दूताबासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको परराष्ट्रका अधिकारीले बताए ।

कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ ।यता, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अध्यागमनले कोरोना भाइरस नभएको ब्यहोरा लेखिएको स्वास्थ्य प्रमाण पत्र नल्याइ प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता(इन्ट्री रिफ्युज्ड) गरेको हो । -अन्नपूर्ण पोष्ट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...