annapurna add

एजेन्सी । सामाजिक सञ्जालमा एउटा अचम्मको भिडियो भाइरल भएको छ ।

raksiasamउक्त भिडियोमा रक्सीले भरिएको एउटा ट्रक सडकमा पल्टिन जान्छ । त्यहाँ भएका मानिसबीच उक्त रक्सी उठाउनका लागि ठूलो घमासान परेको देख्न सकिन्छ ।

ट्रक पल्टिए लगत्तै मानिसहरु ट्रकमा भएको रक्सी लुटपाटमा लाग्दै गरेको दृश्य उक्त भिडियोमा रहेको छ ।

उक्त घटना भारतको असमस्थित सेपोन इलाकाको भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सेपोनबाट बाहिर गइरहेको रक्सीले भरिएको एउटा ट्रक सडक पेटीमा पल्टियो । त्यसलगत्तै त्यहाँ भएका गाउँलेले रक्सी सकेको जती उठाएर लगे ।

केही समयमै गाउँले र त्यही बाटो हिडेकाहरुले सबै रक्सी लुटे । दृश्यमा उनीहरुलाई बम्पर चिठ्ठा परेजस्तो देखिन्छ ।

केही व्यक्तिले भने त्यहाँ भइरहेको गतिविधिको फोटो तथा भिडियो संकलन गरे । गाउँलेहरुले ट्रकमा भएको रक्सी उठाएर लगे । तर उक्त ट्रक भने सोही स्थानमा रहेको छ ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर