Hidden
कोरियामा कति छन बिना भिषा बसोबास गर्ने बिदेशीको शंख्या ?
दक्षिण कोरिया, उदय राई - कोरियामा हक अधिकारको हिसाबले हेर्ने हो प्रवासी श्रमिकको लागि राम्रो देश मानिदैन ।
प्रवासीस श्रमिकको स्वइच्छाले कम्पनी परिबर्तन गर्ने आधारभुत अधिकार स्वीकार नगरेको अवास्था छ । जसले गर्दा प्रवासी श्रमिक आफुले नचाहेर पनि जबर्जस्ती काम गर्न बाध्य छन् ।
तर कोरियामा प्रवासी श्रमिकको स्थिति, काम, उनीहरुलाई गरिने व्यवहार जेजस्तो भए पनि बिभिन्न देशबाट प्रवासी श्रमिकहरु आएर काम गरिरहेको छन् । मजदुरि गर्न मात्र होइन बिभिन्न देशबाट व्यापार गर्न, अध्यायन गर्न बिदेशीहरु आएर बसोबास गरिरहेको छन् । तर सबैले सोचे जस्तो कोरियामा बैधानिक बसोबास सजिलो छैन ।
कोरियन सरकारले एकतर्फी बनाएको अध्यायगमन कानुनले गर्दा जुनसुकै समयमा पनि भिषा गुमाउन सक्ने अवास्थाछ ।
बिनाभिषा बसोबास गर्ने बिदेशीको शंख्या यो तलको तथ्यांक २०१९को बाहेक अन्यबर्षको अन्तिम महिनाको तथ्यांक हो । यो माथिको बिना भिषा बस्ने बिदेशीको संख्या ३,६६,५६६ जना मध्ये २७२,३०८ जना छोटो अवधिको भिषा लिई (C-3,, पर्यटक) आउनेहरु हुन ।
प्रवासी मजदुरको मात्र (बिना भिषाको समेत) संख्या १९९२ देखि ५००५ सम्म निम्न बमोजिम छ ।
माथिको जम्मा प्रवासी मजदुर संख्या मध्ये दक्ष, औधिगिक प्रशिक्षार्थि, बिदेशीलगानी प्रशिक्षार्थि (बिदेशमा रहेको कोरियन कम्पनीमा काम गर्ने मजदुर कोरियामा सिप सिकाउन भनेर ल्याई काम लगाउने) बाहेक अन्य सबै मजदुर पर्यटक भिषा लयायत बिभिन्न छोटो अवधिको भिषामा प्रवेश गरेर भिषा अवधि सकेर पनि काम गरि बसेको प्रवासी मजदुर हुन ।
२००३ अगष्टमा बिना भिषा काम गर्ने मजदुरको संख्या ७८% थियो । यो संख्या अहिलेसम्मकै सबै भन्दा बढी हो। २००३ अगष्टमा बिना भिषा काम गर्ने प्रवासी मजदुरको संख्या ३,०६,३८२ बाट त्यही बर्ष २००३ डिसेम्बरमा घटेर १,३८,०५६ मा झर्यो ।
यो बिचको अवधिमा कोरियन सरकारले कोरियामा प्रवेश गरेर ३ बर्ष भन्दा कम बसेको मजदुरहरुलाई ५ बर्षसम्म काम गर्न भिषा दिएको, ३ बर्ष भन्दा माथि ५ बर्ष भन्दा कम अवधिको मजदुरलाई आफ्नो देश गएर आउने भिषा दिएको थियो । त्यसकारण बिना भिषा काम गर्ने प्रवासी मजदुरको संख्या घटेको हो ।
कुन भिषाको र कुन देशको मानिस कति बिना भिषा बसोबास गरिरहेको छन त ?
बिना भिषा बसोबास गरिरहेको बिदेशीको भिषाको किसिम र संख्या (सन २०१४ -२०१८)
२०१७ को तथ्यांक अनुसार बिना भिषा बसोबास गरेको अवधि (कति बर्षबसे त बिनाभिषा ) र बिदेशी संख्या
अध्यायगमनले २००४ देखि २०१८ सम्म पक्राउ गरी पठाएको बिना भिषा बसोबास गरिरहेको बिदेशीको संख्या निम्न अनुसार छ
२०१९ जुन महिनासम्म काम गर्ने अनुमति लिएर प्रबेश गरी (भिषा) बसोबास गरिरहेको प्रवासी श्रमिकको सख्या र देश निम्न अनुसार छ ।
(२०१९ मा पनि कोरियन अध्यायगमनले २०१८ कै तुलनामा बिना भिषाको विदेशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाउने योजना बनाएको छ )
(तर कोरियामा अन्य भिषामा आए काम गर्ने बिदेशीको संख्या यो भन्दा १२ लाख भन्दा बढी छ)
अहिलेसम्म सबै भन्दा बढी बिना भिषा बस्ने बिदेशी थाईल्याण्ड, चीन, भियतनामको हो भने नेपाल आफ्नो नागरिककोरियमा बिना भिषा ज्यादै कम बस्ने देशको सुचिमा पर्दछ । कोरियामा धेरै बिना भिषा बस्ने देशबाट इपिएस कोटा घटाउछ, मजदुर लैजादैन भन्ने कुरा छ। त्यो कुरा सत्य हो कि होइन भन्ने कुरा माथिको तथ्यांकले प्रस्ट पारिदिन्छ ।
यो पनि पढ्नुहोस : कोरियामा मौसमी मजदुर प्रणाली के हो, अहिलेसम्म कतिले प्रवेश गरे त ?
प्रकासित मिति