1478958692 banner ad format

 
 

 उदय राई अध्यक्ष एमटियु कोरिया -दक्षिण कोरियामा अहिले १९ औ राष्ट्रपति पदकोलागि जनताले मतदान गरिसकेको छन् मत गणना जारी छ । राष्ट्रपतिको उम्मेदवारहरुले आफुलाई राष्ट्रपतिमा बिजयी दिन चुनाबी प्रचारप्रसार गरे

Migrant Nepalese news South Korea 2

 आफु राष्ट्रपति भएमा आफुले देश र जनताको निमित्त गर्ने कार्ययोजनाहरु जनता माझ प्रस्तुत गर्यो, जनताहरुले पनि आफ्नो मागहरु ,सुझाबहरु राष्ट्रपतिको उम्मेदवार समक्ष राख्यो । कोरियामा पनि लगभग १० लाख प्रवासी मजदुर समेत गरि २० लख भन्दा बढी बिदेशीहरु बसोबास गर्दछन । 

 

प्रवासी मजदुरहरुले बिभिन्न समस्या भोगी रहेको अवस्था छ कोरियामा कोरियाको कम्पनीमा मजदुरको अभाब भएर प्रवासी मजदुर ल्याएको भएपनि उनीहरुको हक अधिकार ,समस्याको समाधानको बारेमा कोरियन सरकार र अहिलेको राष्ट्रपतिको उम्मेदवारहरुले त्यति चासो देखाएको देखिदैन  प्रवासी मजदुर संगठनले निरन्तर माग राख्दै आइरहेको छ

 ९९ प्रतिसत प्रवासी मजदुरहरु आफ्नो मजदुर हक अधिकारको मागको बरेमा मौन छन  तर आफ्नो माग राख्ने क्रममा नेपालबाट २०१३मा आफ्नो बाबु आमाको साथ कोरिया आएकी १२ बर्षिय नेपाली बालिका साबिले प्रवासी मजदुरहरुको हक अधिकार र समस्या समाधानमा धयान दिन ,काम गर्नकोलागि उचित ब्यबस्था मिलाईदिन माग गर्दै राष्ट्रपतिको उम्मेदारहरुलाई पत्र पठाएकी छिन । 

यो कुरा कोरियाको लोकप्रिय ,विश्वासनीय पत्रिका ख्यंगह्यांगले बाहिर ल्याएको छ

यस्तो छ बालिका सबिको माग राष्ट्रपतिको उम्मेदारहरुलाई हेरौ एकपटक 

Migrant Nepalese news South Korea

राष्ट्रपतिको उम्मेदवारज्युहरु प्रवासी मजदुरहरु सहज तरिकले काम गर्न पाउने गरि काम गर्ने स्थानको अवस्थामा र कोरियन समाजमा बिध्यमान जातीय भेदभाव (स्वदेशी बिदेशीबीच) अन्त्य गर्न एकजुट भइदिनु होला । 

जुनसुकै उमेरको ,शैशिक योग्यता भएको जुनसुकै काम गर्ने प्रवासी मजदुरलाई धेरै जसो कम्पनी मालिकले नराम्रो गालि गर्ने गरिन्छ । मलाई स्कुलमा मेरो छाला कालो ,नाक चुच्चो भएकोले सबैले जिस्काउने, हेप्ने गर्दछन । यस्तो अवस्थामा मेरो मन दुख्छ । कोरियामा प्रवासीहरु २० लाख छन् । तर जातीय भेदभाब (नस्लबाद )हटाउनकोलागि कोशिस पटक्कै गरिएको छैन । 

प्रवासी मजदुरहरु दुर्घटना परेको अवस्थामा ,नराम्रो अव्यवहारिक कम्पनी मालिकहरुको कारण दुख पाई कम्पनी परिबर्तन गर्न चाहे पनि कम्पनी मालिकको अनुमति बिना कम्पनी परिबर्तन गर्न नपाउने रोजगार अनुमति प्रणाली (इपिएस)मा सुधार गरिदिन माग होला । 

यसको अलवा बालिका सुबिले ख्यंगह्यांग पत्रिकाको पत्रकारसग टेलीफोनमा कुरा गर्दै कहिले कहिँ फेसबुकमा आउने भिडियोहरु हेर्दा कोरियनहरुले प्रवासी मजदुरहरुलाई एई भन्दै नराम्रो गाली गर्दै कुर्सि फ्याक्ने कुट्ने गर्दछन त्यस्तो दृश्य देख्दा मेरो आखाबाट आशु आउछ । 

पश्चिमी देशबाट आएको मानिसहरुले बाटो सोध्यो भने कोरियनले उनीहरुलाई त्यहासम्म पुर्याईदिने ,नम्र बोलि व्यवहार पनि गर्छन । तर पुर्बी ,दक्षिण एसियाबाट आएको मानिसलाई देख्यो भने हेप्ने ,केहि सोध्यो भने त्यतिकै जाने ,गाली गर्ने कोरियनहरु धेरै छन् हामी एउतै बिदेशीहरु पुर्बी ,दक्षिण एसियाबाट आएको मानिसलाई किन हेप्ने गाली गर्ने गर्छ नाक लामो भनेर हेपिन्छ जिस्क्यांइन्छ किनहोला थाहा भएन

 बालिका सबिले यदी आफु राष्ट्रपति भएमा प्रवासी मजदुरकोलागि छुटै मजदुर कानुन बनाउने छु । कोरिया आउने प्रवासी मजदुरहरु कृषि क्षेत्रमा काम धेरै गर्छन ,तर सबैले ८ घण्टा भन्दा बढी काम गर्ने अनि प्रत्यक आइतबार पनि काम गर्ने गर्दछन उनीहरुलाई लामो समय काम गर्न नपर्ने ,काम गरेको सबै तलब पाउने बनाउने छु भन्ने कुरा बताइन । 

सबिले टेलिफोनमा राष्ट्रपतिको उम्मेदवारहरुको योजनाहरु हेरे तर प्रवासी मजदुरको बारेमा केहि योजनहरु छैन, अब हुने राष्ट्रपतिमा प्रवासी मजदुरहरुको निम्ति अलिक राम्रो काम गर्ने उम्मेदवार निर्बाचित भइदिए हुन्थ्यो भाबुक हुदै भनेकी थिइन। 

सुबिले मे ८ तारिकसम्म राष्ट्रपतिको उम्मेदवारबाट कुनै जवाफ पाएकी छैनिन  ८ बर्षको उमेरमा कोरिया आएको बालिकालाई कोरियामा प्रवासी ,प्रवासी मजदुरलाई भेदभब शोषण गरिन्छ । प्रवासी मजदुरलाई लागु गर्न बनाईएको नियम कानुन नराम्रो छ ,यसको सुधारकोलागि कोरियन राष्ट्रपतिसाग माग गर्नु पर्छ भन्ने कुरा राम्ररी बुझिन  तर बिडम्बना हामी जमानादेखि आएको.अहिलेको नियम कनुनले गर्दा शोषित पिडित भएको सवालक प्रवासी मजदुरहरुले यसरि कहिल्यै नीति नियम नाराम्रो छ । 

हक अधिकार सुनिस्चित हुने राम्रो कानुन बनाउन कोरियन सरकारलाइ दबाब दिनु पर्छ भन्ने कुरा ९९ प्रतिशत भन्दा बढी प्रवासी मजदुरले बुझेनौ  अब यो बालिकाबाट सिक्नेकि ? कि माग राखेर देशको व्यइजत गरिस बनेर गाली गर्ने हो ?कि हामी बोल्न नसके पनि तिमीले हाम्रो बारेमा बोलिदिएऊ ,हामी पनि अब सिक्छौ भनेर धन्यबाद दिने हो ? सोचौ है मित्रहरु !

प्रकासित मिति

Loading...

 

yummyfood