1478958692 banner ad format

 
 

उदय राई, दक्षिण कोरिया कोरियामा  | यहाको नागरिकहरु प्रत्यक ४० मिनटमा १ जना दिनमा औषत ३६ जनाले आत्माहत्या गर्ने गरेको तथ्यांकले जनाएको छ | २०१६ मा जम्मा १३ हजार ९२ जनाले आत्महत्या गरेको तथ्यांकले जनाएको छ जुन शख्या ओईसीडी राष्ट्रको आत्महत्या दर भन्दा २.४ गुणाले बढी हो |

आत्माहत्या गर्नेहरुमा १० बर्षेहरु २ सय ७३ जना ,२० बर्षेहरु १ हजार ९७ जना ,३० बर्षेहरु १ हजार ८ सय ५७ जना ,४० बर्षेहरु २ हजार ५ सय ६९ जना ,५० बर्षेहरु २ हजार ६ सय ७७ जना ,६० बर्षेहरु र ७० बर्षेहरु १ हजार ७ सय जना र ८० बर्षेहरु १ हजार १ सय छन | आत्माहत्या गर्नेहरु १ लाख जनसंख्यामा २५.६ जना पर्दछन |आत्माहत्या गर्नेहरुमा बृद्दहरुको सख्या ५३.३ प्रतिसत छ |

ओईसीडी राष्ट्रको बृद्दाहरुको आत्माहत्या दरभन्दा कोरियाली बृद्दहरुको आत्माहत्या डर ३ गुणाले बढीछ, कोरियन नागरिकले आत्महत्या गर्नुको कारण मध्ये मानसिक तनाब ३६.२ प्रतिशत, आर्थिक अवस्थाको कारण २३.४ प्रतिशत, शारीरिक रोगको कारणले २१.३ प्रतिशत र पारिबारिक समस्याको कारण ८.९ प्रतिशत छ |उक्त समाचार कोरियाली बिभिन्न पत्रिकामा प्रकाशित भएको छ |

प्रकासित मिति

Loading...

 

yummyfood