जकार्ता ८ जेठ । हालै सम्पन्न निर्वाचनमा वर्तमान राष्ट्रपति जोको विडोडो पुनः निर्वाचित भएको घोषणापछि राजधानी जकार्ता लगायतका शहरमा भएको विरोध प्रदर्शनका क्रममा  इन्डोनेसियामा ६ जनाको मृत्यु भएको छ भने घटनामा २ सय जना घाइते भएका छन् । 

President Joko Vidodo re elected

 हिजो घोेषित मत परिणामअनुसार राष्ट्रपति जोको विडोडोले ५५.५ र उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी दलका नेता पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रबोवो सुविआन्तोका समर्थकहरुले राजधानी जकार्तामा आगजनी र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीले २० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

निर्वाचन आयोगले वर्तमान राष्ट्रपति विडोडोलाई राष्ट्रपति घोषणा गरे पनि प्राबोवोले निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न नमानेको बताइएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन जकार्तामा मात्रै ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । (एजेन्सी)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर