एजेन्सी ९ जेठ  । भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ ।

India Election

नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्ने भएका छन । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि पूर्ण बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा फर्किने मोदी दोस्रो हुुन् ।

विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बीजेपी एक्लैले झण्डै ३ सय सिटमा जित हात पार्ने निश्चित भएको छ । ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय ७२ सिट जित्ने पार्टीले सरकार बनाउन सक्नेछ । त्यसैले बीजेपी एक्लैले पनि सरकार बनाउन सक्नेछ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए)को खातामा भने झण्डै ३ सय ५० सिट जाने भएको छ ।  

 त्यसैगरीबलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार सन्नी देवल पनि पञ्जावकाे गुरदासपुरबाट विजयी भएका छन् । उनले भारतीय कांग्रेसका उम्मेदवार सुनिल जाखरलाई झण्डै ७५ हजार मतले हराए । गुरदासपुरबाट यसअघि बीजेपीबाट विनाेद खन्ना लड्ने गर्थे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...