1478958692 banner ad format

 
 

अमेरिकाको फ्लोरिडाका तटमा अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी चलेको छ । ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा बाढीको खतरा बढेको छ।

आँधीको शक्ति मापन गरिने मापदण्ड अनुसार निकै शक्तिशाली क्याटगोरी फोरमा राखिएको उक्त माइकल नाम दिइएको आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ।

आँधीको शक्तिशाली केन्द्रले त्यहाँको मेक्सिको बीच नामक नगरमा बुधवार अपरान्ह विनाश मच्चायो।

लाखौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ । फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले अकल्पनीय विध्वंसको चेतावनी दिएका छन्।

फ्लोरिडाले आपतकालीन स्थितिको घोषणा गरेको छ। स्कूल तथा राज्यका कार्यालयहरू यो साता बन्द रहनेछन्। (बीबीसीको सहयोगमा)

प्रकासित मिति

Loading...

 

yummyfood