1478958692 banner ad format

 
 

विश्वभरका कुख्यात अपराधी र अपराधका घटनामा संलग्नको खोजीमा प्रख्याति कमाएको अन्तर्राष्ट्रिय प्रहरी संगठन ( इन्टरपोल) का अध्यक्ष मेङ्ग होङ्गवेई नै बेपत्ता भएका छन् । ६४ वर्षीय मेङ्ग फ्रान्सबाट चीन जाने क्रममा गत सेप्तेम्बर २९ तारिखदेखि बेपत्ता भएका हुन् । उनी बेपत्ता भएसँगै फ्रान्स सरकारले यस प्रकरणको जाँचप्रक्रिया अघि बढाएको छ ।

इन्टरपोलको मुख्यालय फ्रान्सको लियोन शहरमा रहेको छ। यहाँ रहँदै आएका मेङ्गकी पत्नीले आफ्ना पति हराएको जानकारी गराएकी हुन् । उनले पतिसँग अन्तिम पटक सेप्टेम्बर अन्तिम सात भेट भएको पनि पुष्टि गरेकी छन् ।

२०१६ नोभेम्बरमा उनी इन्टरपोलका अध्यक्ष बनेका थिए

 

प्रकासित मिति

Loading...

 

yummyfood