1478958692 banner ad format

 
 

काठमाण्डौ- यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विलियम नर्डहाउस र पाउल रोमरलाई प्रदान गरिएको छ । जलवायु परिवर्तनको क्षेत्रमा गरेको योगदानबापत उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो ।

यी अर्थशास्त्रीहरूलाई विश्वव्यापी तापमान वृद्धि र आर्थिक वृद्धिबीचको सम्बन्धमा गरेको अनुसन्धानसम्बन्धी उनीहरूको कामलाई प्रशंसा गरिएको छ ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूले दिगो वृद्धिको सम्बन्धमा केही हाम्रो समयका सर्वाधिक आधारभूत र दबाबमूलक विषयवस्तुलाई सम्बोधन गरेको जनाएको छ ।
यी दुई वैज्ञानिकले ९० लाख स्वीडिस क्रोनर अर्थात् ८ लाख ४१ हजार पाउन्ड रकम पाउनेछन् ।
याले युनिभर्सिटीका प्राध्यापक नोर्डहाउस अर्थतन्त्र र जलवायुबीचको अन्तरसम्बन्धका बारेमा व्याख्या गर्ने पहिलो व्यक्ति हुन् ।
न्युयोर्क युनिभर्सिटीका स्टर्न स्कुल अफ बिजनेसका प्राध्यापक रोमरले कसरी आर्थिक बलले फर्मलाई नयाँ विचार र आविष्कारका लागि प्रेरित गर्छ भन्ने देखाएका छन् ।
“उनीहरूको आविष्कारले कसरी बजार अर्थतन्त्रले प्रकृति र ज्ञानको सम्बन्धमा व्याख्या गर्छ भन्ने विषयको संरचनात्मक मोडलको विश्लेषण गरेका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood