1478958692 banner ad format

 
 

बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ ।

तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । र्यालीमा हसिनाले सम्बोधन गरिरहेका बेला ग्रिनेड बिस्फोट भएको थियो । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो ।

बंगलादेशमा प्रतिबन्धित हर्कत–उल जिहाद अल इस्लामीसँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको छ ।

बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैं भएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood