annapurna add

kolambia

कोलम्बियाको एउटा जेलमा भागदौड मच्चिदा २३ जनाको मृत्यु भएको छ ।कोरोनाभाइरस सङ्क्रमण फैलिएको हल्लापछि सोक्रममा दङ्गा हुँदा कम्तीमा २३ जना कैदीबन्दीको मृत्यु भएको हो ।कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोनाभाइरसको त्रासपछि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवा दिइएको भन्दै विरोध प्रदर्शन हुँदै आएको थियो ।

न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ। दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...