annapurna add

police new

भारत छत्तिसगढको नक्सलवादी प्रभावित क्षेत्रमा एक जना सुरक्षाकर्मीले घर जाने बिदा नपाएको झोंकमा ५ सहकर्मीको हत्या गरेका छन् । इन्डो–तिब्बत बोर्डर पुलिस आईटीबीपीका सुरक्षा जवान मसुदुल रहमानले क्याम्पभित्रै अन्धाधुन्ध गोली प्रहार गर्दा ती सुरक्षाकर्मी मारिएको भारतीय समाचार संस्था ‘पीटीआई’ ले जनाएको छ ।

नारायणपुर जिल्लाको कडेनारस्थित आईटीबीपीको ४५ औं बटालियन क्याम्पमा कार्यरत रहमानले एक वर्षदेखि घर बिदा पाएका थिएनन् । क्याम्पमा कार्यरत सहकर्मीको हत्यापछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । घटनामा तीन सुरक्षाकर्मी घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको बस्तरका आईजी सुन्दरराज पीले बताए । उनले भने, ‘क्याम्पमा जवान मसुदुल रहमानले एकाएक गोली प्रहार गर्न थाले । चार जवानको घटनास्थलमै मृत्यु भयो ।’

पश्चिम बंगाल नदिया घर भएका रहमानले पछिल्लो समय डिसेम्बरको अन्तिम साताबाट बिदाका लागि आवेदन दिएका थिए । क्याम्पका प्रमुखले उनलाई बुधबार नै घर जानका लागि भनेका थिए । उनी भने डिसेम्बर अन्तिम साताबाट बिदामा बस्ने जनाएको सञ्चारमाध्यमले जनाएका छन् । क्याम्पका एक अधिकृतले भने, ‘आवश्यक परेमा थप बिदा स्वीकृत गर्ने आश्वासन दिइएको थियो ।

बुधबार नै गए बीचमा एकपटक आएर फेरि अन्तिम साता बिदा मिलाउन सकिने भनिएको थियो ।’ एक प्रत्यक्षदर्शी सुरक्षा जवानका अनुसार रहमान आफूले मागेअनुसारको बिदा नपाएर निक्कै तनावमा देखिन्थे ।

‘अझ रहमानको बिदालाई लिएर सहकर्मी जवानहरूले खिसी गर्दै हाँसोको पात्र बनाएपछि उनी थप तनावमा थिए,’ उनले भने । तनाव सहन नसकेर रहमानले सर्भिस राइफल एके–४७ बाट क्याम्पमा अन्धाधुन्ध गोली प्रहार गर्दा यो घटना भएको हुन सक्ने क्याम्पका अधिकारीले जनाएका छन् ।

 पशु चिकित्सकलाई बलात्कार गर्ने चार जनालाई गोली हानि मारियो

भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका चार जना प्रहरीसंगको मुडभेडमा मारिएका छन् ।

२६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एकान्तमा लगि बलत्कार गरेका थिए ।

चार जनाले पटक–पटक बलात्कार गरेपछि महिलाको हत्या गरेका थिए । घटना भएको दोस्रो दिन स्थानिय एक नदिको पुलमुनि गोप्य अंग पोलिएको अवस्थामा उक्त महिलाको शव भेटिएको थियो । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।

ती चारै जनाको शुक्रबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो ।

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर