काठमाडौं । पिपल्स् पार्टीका सहप्रमुख रहेका पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारी पक्राउ परेका छन् ।

aasif ali zardari

जर्दारीलाई राष्ट्रिय सतर्कता केन्द्रले पक्राउ गरेको हो ।उनीमाथि नक्कली खाताबाट वित्तीय अपचलन गरेको पनि आरोप छ ।

पूर्व राष्ट्रपति जर्दारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल गइसकेका छन् ।

उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनी आफ्नी पत्नी तथा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपति पदका लागि चुनिएका थिए । 

जर्दारीलाई लामो समयसम्म पाकिस्तानी राजनीतिका सबैभन्दा विवादास्पद व्यक्तिमध्ये एक मानिन्छ ।

इस्लामावादको उच्च अदालतले सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जर्दारी र उनकी बहिनी फरयाल तालपुरको ‘जमानत याचिका’ खारेज गर्दै पक्राउ गर्न आदेश दिएको थियो ।

जर्दारी र तालपुर सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्य अभियुक्त मानिएका छन् ।

उनीहरुमाथि अवैध बैंक खाता र मुलुकबाहिर चार अर्ब चार करोड भारु रुपैयाँ पठाएको आरोप छ ।

जर्दारीसँग उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिने विकल्प बाँकी छ । (एजेन्सी)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...